एकाएक विवादमा तानिइन् केकी ? किन

 एकाएक विवादमा तानिइन् केकी ? किन

Keki

 नायिका केकी अधिकारी एकाएक विवादमा तानिएकी छिन् । बौद्धिक नायिकाको परिचय बनाएकी केकीले एक गीतको भिडियो लिंक शेयर गरेका कारण विवादमा तानिएकी हुन् । यसबारेमा केकीले भने कुनै प्रतिक्रिया जनाएकी छैनिन् ।

गायक आर्जन पाण्डेले ‘घाँटीभन्दा तल’ बोलको गीत सार्वजनिक गरे । यो गीतको खासै चर्चा पनि भएन । तर, गीतलाई केकी अधिकारीले शेयर गरेपछि भने गीत पनि चर्चा र विवादमा रह्यो ।

रोमान्टिक शैलीको यो गीतमा प्रयोग गरिएका शब्दलाई लिएर विवाद भएको हो । तर, गायक आर्जन पाण्डेको भन्दा बढी विरोध केकी र रीमा विश्वकर्माको भएको छ । खासगरी केकीले प्रायः महिला हिंसाका बारेमा सधै बोल्ने गर्छिन् । यसकारण पनि केकी सबैको तारो बनेकी हुन् ।

त्यसो त केकी यसअघि एनआइसी एसियाको विज्ञापनमा अभिनय गरेका कारण पनि विवादमा परेकी थिइन् । सामाजिक सञ्जालमा महिला हिंसालाई बल पु–याउने भिडियोमा अभिनय भन्दै उनको विरोध भएको थियो । अहिले उक्त विज्ञापन नयाँ तरिकाले प्रसारण हुन थालेको छ ।

आर्जन पाण्डेले बजारमा ल्याएको गीतमा केकी अधिकारीको त कुनै भूमिका छैन । तर उनले यो गीत शेयर गरेकी थिइन् । केकीले शेयर गरेपछि गीतको थप चर्चा हुन थाल्यो । गीतका शब्दहरुमा महिलालाई घाँटीभन्दा तल राम्री भएको भनिएको छ । यसले महिलाको भद्दा मजाक गराएको महिला अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

यसअघि आर्जनका भिडियोमा केकी अधिकारीले अभिनय गरेको हुन्थिन् । यी दुई प्रेमसम्बन्धमा रहेको चर्चा समेत चल्न थालेको थियो । शायद केकीले साथीको गीत भएका कारण गीत शेयर गरेकी थिइन् । तर, त्यही शेयरले उनलाई विवादमा ल्याइदियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds