नायिका केकी अधिकारी एकाएक विवादमा तानिएकी छिन् । बौद्धिक नायिकाको परिचय बनाएकी केकीले एक गीतको भिडियो लिंक शेयर गरेका कारण विवादमा तानिएकी हुन् । यसबारेमा केकीले भने कुनै प्रतिक्रिया जनाएकी छैनिन् ।
गायक आर्जन पाण्डेले ‘घाँटीभन्दा तल’ बोलको गीत सार्वजनिक गरे । यो गीतको खासै चर्चा पनि भएन । तर, गीतलाई केकी अधिकारीले शेयर गरेपछि भने गीत पनि चर्चा र विवादमा रह्यो ।
रोमान्टिक शैलीको यो गीतमा प्रयोग गरिएका शब्दलाई लिएर विवाद भएको हो । तर, गायक आर्जन पाण्डेको भन्दा बढी विरोध केकी र रीमा विश्वकर्माको भएको छ । खासगरी केकीले प्रायः महिला हिंसाका बारेमा सधै बोल्ने गर्छिन् । यसकारण पनि केकी सबैको तारो बनेकी हुन् ।

त्यसो त केकी यसअघि एनआइसी एसियाको विज्ञापनमा अभिनय गरेका कारण पनि विवादमा परेकी थिइन् । सामाजिक सञ्जालमा महिला हिंसालाई बल पु–याउने भिडियोमा अभिनय भन्दै उनको विरोध भएको थियो । अहिले उक्त विज्ञापन नयाँ तरिकाले प्रसारण हुन थालेको छ ।
आर्जन पाण्डेले बजारमा ल्याएको गीतमा केकी अधिकारीको त कुनै भूमिका छैन । तर उनले यो गीत शेयर गरेकी थिइन् । केकीले शेयर गरेपछि गीतको थप चर्चा हुन थाल्यो । गीतका शब्दहरुमा महिलालाई घाँटीभन्दा तल राम्री भएको भनिएको छ । यसले महिलाको भद्दा मजाक गराएको महिला अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।
यसअघि आर्जनका भिडियोमा केकी अधिकारीले अभिनय गरेको हुन्थिन् । यी दुई प्रेमसम्बन्धमा रहेको चर्चा समेत चल्न थालेको थियो । शायद केकीले साथीको गीत भएका कारण गीत शेयर गरेकी थिइन् । तर, त्यही शेयरले उनलाई विवादमा ल्याइदियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा