पोखरा । देशभरका विभिन्न जिल्लाका दुर संचार प्रदायक संस्थाको टावरमा आक्रमण भएको छ । क्षति पु¥याएको मध्ये अधिकांश स्थानका एनसेल टावरमा आक्रमण भएको हो भने अर्घाखाँचीमा नेपाल टेलिकमको टावरमा आगजनी गरेको छ ।
मंगलबार र बुधबारसम्म अज्ञात समूहले एक दर्जन एनसेल र नेपाल टेलिकमको टावरमा आगजनी गरेको हो । झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा एनसेलका टावरमाथि आगजनी गरेको प्रहरीले जनाएको छ । झापा र धादिङमा भने एनसेलको टावरमा बम नै विस्फोट गराइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
पोखराको माझठानामा एनसेल टावरमा क्षति
पोखरा महानगरपालिका वडा नं. २८ माझठाना डाडाँगाउँ नजिकै रहेको एनसेल टावरमा आगजनी भएको छ । आगजनीबाट टावरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
जिल्ला सहित नजिकको ईलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख डिएसपी मोहन खाँडको नेतृत्वमा टोली घटनास्थल पुगेको केसीले जानकारी दिए । सो ठाउँ नजिकै सामुदायिक सेवा केन्द्र कालिका रहेको छ ।
‘रातको समयमा आक्रमण भएको हो । समय एकिन भएको छैन । समूह पनि एकीन भएको छैन । टावर नचल्ने गरेर, बक्सहरुमा क्षति पुगेको प्राविधिकहरुले जनाएका छन् । अनुसन्धान भईरहेको छ ।’ डिएसपी केसीले भने ।
तर, हालसम्म टावरमा आक्रमण गर्ने को ? भन्ने बारे प्रहरीले केही बताएको छैन । यसअघि नेपाल बन्दको समयमा नेकपा विप्लव समूहले यस्तो गतिविधि गर्दै आएको थियो । विप्लव समूहले पनि अहिले घटनाको जिम्मेवारी लिएको छैन । तर, प्रहरी स्रोतले भने नेपालमा अहिले विप्लव समूहले मात्र यस्तो काम गर्दै आएको दाबी गर्दछ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु