पोखरा । देशभरका विभिन्न जिल्लाका दुर संचार प्रदायक संस्थाको टावरमा आक्रमण भएको छ । क्षति पु¥याएको मध्ये अधिकांश स्थानका एनसेल टावरमा आक्रमण भएको हो भने अर्घाखाँचीमा नेपाल टेलिकमको टावरमा आगजनी गरेको छ ।
मंगलबार र बुधबारसम्म अज्ञात समूहले एक दर्जन एनसेल र नेपाल टेलिकमको टावरमा आगजनी गरेको हो । झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा एनसेलका टावरमाथि आगजनी गरेको प्रहरीले जनाएको छ । झापा र धादिङमा भने एनसेलको टावरमा बम नै विस्फोट गराइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
पोखराको माझठानामा एनसेल टावरमा क्षति
पोखरा महानगरपालिका वडा नं. २८ माझठाना डाडाँगाउँ नजिकै रहेको एनसेल टावरमा आगजनी भएको छ । आगजनीबाट टावरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
जिल्ला सहित नजिकको ईलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख डिएसपी मोहन खाँडको नेतृत्वमा टोली घटनास्थल पुगेको केसीले जानकारी दिए । सो ठाउँ नजिकै सामुदायिक सेवा केन्द्र कालिका रहेको छ ।
‘रातको समयमा आक्रमण भएको हो । समय एकिन भएको छैन । समूह पनि एकीन भएको छैन । टावर नचल्ने गरेर, बक्सहरुमा क्षति पुगेको प्राविधिकहरुले जनाएका छन् । अनुसन्धान भईरहेको छ ।’ डिएसपी केसीले भने ।
तर, हालसम्म टावरमा आक्रमण गर्ने को ? भन्ने बारे प्रहरीले केही बताएको छैन । यसअघि नेपाल बन्दको समयमा नेकपा विप्लव समूहले यस्तो गतिविधि गर्दै आएको थियो । विप्लव समूहले पनि अहिले घटनाको जिम्मेवारी लिएको छैन । तर, प्रहरी स्रोतले भने नेपालमा अहिले विप्लव समूहले मात्र यस्तो काम गर्दै आएको दाबी गर्दछ ।
सम्बन्धित खबर
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट