अमेरिकी वायुसेवा कम्पनी युनाइटिड एअरलाइन्सका दुई विमानचालक मादक पदार्थ सेवन परीक्षणमा उत्तीर्ण हुन नसकेपछि पक्राउ परेका छन् । स्कटल्यान्डको ग्लास्गोबाट न्यूयोर्क उडान गर्ने तयारी भइरहेको अवस्थामा उनीहरूलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो।
४५ र ६१ वर्षीय विमानचालकहरू प्रहरी हिरासतमा रहेका छन् । उनीहरु मङ्गलवार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ। स्कटल्यान्ड प्रहरीले आफूहरूलाई विमानस्थल बोलाइएको पुष्टि गरेको छ। यूए १६२ ले उडान गर्नुअघि त्यसका चालकहरू पक्राउ परेका हुन्।
युनाइटिड एअरलाइन्सले एउटा विज्ञप्ति जारी गर्दै यात्रुहरू र चालकदलका सदस्यहरूको सुरक्षा “सधैँ आफ्नो उच्च प्राथमिकतामा पर्ने” उल्लेख गरेको छ । “हामी हाम्रा सबै कर्मचारीहरूको उच्च मूल्याङ्कन गर्छौँ र हाम्रो नीति मदिरासेवनप्रति पूर्ण रूपमा असहनशील छ,” युनाइटिड एअरलाइन्सले भनेको छ । उक्त कम्पनीले ती विमानचालकहरूलाई तत्काल सेवाबाट निष्काशन गरिएको र आफूहरूले स्थानीय निकायहरूलाई पूर्ण रूपमा सहयोग गरेको बताएको छ । “हामी अहिले शीघ्रातिशीघ्र यात्रुहरूलाई गन्तव्यमा पुर्याउने हिसाबले काम गरिरहेका छौँ,” विज्ञप्तिमा भनिएको छ।
सन् २०१७ मा पनि युनाइटिड एअरलाइन्सकै दुई विमानचालकलाई मदिरा सेवन गरेको आरोपमा ग्लास्गो विमानस्थलबाटै नियन्त्रणमा लिई जेल चलान गरिएको थियो। त्यतिखेर ३५ वर्षीय पल ग्रेबेन्सलाई १० महिना जेल सजाय सुनाइएको थियो भने उनका सहकर्मी ४५ वर्षीय कार्लोस अक्टोबर लीकोनालाई १५ महिना सजाय तोकिएको थियो।
सम्बन्धित खबर
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला