अहिले युट्युबमा ट्रेण्डिङमा रहने विषयमध्ये पर्छ ‘स्ट्याण्ड अप कमेडी शो’। युट्युबबाटै कति स्टार पनि बने । संघीय राजधानी काठमाण्डौका युवाहरु समूह -समूहमा यस्ता शो खिच्दै युट्युबमा अपलोड गर्ने गर्छन । यसलाई अब पोखराका युवाहरुले पनि निरन्तरता दिने भएका छन् । पोखरामा पनि युवाहरुको एक समूहले यो शो आयोजना गर्ने भएको छ । उनीहरु ‘स्ट्याण्ड अप कमेडी क्लब पोखरा’ नामक समूह बनाएरै अघि बढेका छन् ।
आज ९शुक्रबार लेकसाइडस्थित अल्टिट्युड रेष्टुरेन्ट एण्ड बारमा बेलुका ७ बजेबाट शो गरिने आयोजक मध्येका एक सुन्दर सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका ५ युवक र १ युवतीले त्यहाँ प्रस्तुति राख्नेछन् । यो शो सफल भएमा यसलाई निरन्तरता दिने र स्ट्याण्ड अप कमेडी कलाकारहरुलाई बटुल्दै अगाडि बढ्ने आयोजकको योजना रहेको छ ।
स्ट्याण्ड अप कमेडी शो संयुक्त राज्य अमेरिकाको थोरै मौलिक कलामध्ये एक हो । नेपाली शैलीमा वक्तृत्वकला जस्तै जस्तै यसमा हाँस्य शैली हाबी हुन्छ । चोटिलो शब्द, व्यंग्यात्मक वाण हान्ने यो शोमा मञ्चमा उभिएर बोलेरै मान्छे हँसाउनुपर्ने हुन्छ । खुबी भएकाहरु ठूलै नाम दाम कमाउन सक्नेछन् । पछिल्लो समय यस्ता शोमा अपाच्य शब्दको प्रयोग हुने गरेको पाइन्छ । तर पोखरामा हुने शोमा यसलाई स्थान नदिइने भएको छ ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन