पोखरा । पछिल्लो पटक युट्युबमा मन पराइएको स्ट्याण्ड अप कमेडी शो यसका पारखीहरुले पोखरामा प्रत्यक्ष हेर्न पाए । स्ट्यान्ड अप कमेडी क्लब पोखराले पहिलो पल्ट पोखरामा स्ट्यान्ड अप कमेडी शोको आयोजना गरेको हो । शुक्रबार लेकसाइड स्थित अल्टिट्युड रेष्टुरेन्ट एण्ड बारमा बेलुकी ७ बजेबाट शो गरिएको सुन्दर सुवेदीले जानकारी दिए ।
पोखरेली युवायुवतीहरु कुशल बास्तोला, बिबेक गुरुङ, समिर लामिछाने, रेखा क्षेत्री, जिवन सुवेदी, प्रशान्त पन्त, विनिता बराल, सुन्दर सुवेदीले आफ्नो प्रस्तुति राखे । विशेषतः टिनएजर्शले रुचाएको यो शो पोखरामा पहिलो पटक आयोजना हुँदा दर्शकको साथ पनि उत्तिकै रह्यो । यी प्रस्तुतिलाई युट्युबमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
आफुहरुले पहिलो पल्ट पोखरामा स्ट्यान्ड अप कमेडि को आयोजना गरेको र दर्शकको साथ र सहयोगले आफुहरुलाई थप ऊर्जा मिलेको आयोजक स्ट्यान्ड अप कमेडी क्लब पोखराका संयोजक सुन्दर सुवेदीले बताए । सुवेदीले आउने दिनमा अझै बढी सुधार गरी लोभलाग्दो प्रस्तुतिका साथ आउने पनि प्रतिबद्धता जनाए । शोको Online Partner मा गण्डकन्यूज डटकमले सघाएको छ ।

http://gandaknews.com/stand-up-comedy/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला