प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अहिले स्वस्थ्य रहेको बताएका छन् । शुक्रबार झापाका जनप्रतिनिधिहरुसँग भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था चिन्ता लिनुपर्ने खालको नभएको बताएका हुन् । ‘म सिकिस्तै भएको खबर सुनेर आउनुभएको होला । म १५ वर्ष अघि बिरामी थिए, अहिले होइन,’ आफूलाई भेट्न आएका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले भने, ‘हिजो (बिहीबार) ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए ।’
प्रधानमन्त्री ओलीलाई भेट्न आएका झापाका जनप्रतिनिधिले उनको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । प्रधानमन्त्री ओलीले भने आफू अहिले स्वस्थ्य रहेको भन्दै आफ्नो स्वास्थ्यप्रति धेरै चिन्ता लिनुनपर्ने बताए ।
स्वास्थ्य उपचारका लागि सिंगापुर गएका ओली १० दिनपछि सोमबार स्वदेश फर्किका थिए । ओली स्वदेश फर्किएपछि बुधबार र बिहीबार सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्ने भनिएको थियो । तर, बिहीबार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सचिवालय बैठक शुक्रबारका लागि सारिएको थियो । अहिले सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । एकता प्रक्रियालाई पूर्णता दिनका लागि विभाग गठन लगायतका विषयलाई टुंग्याउने जनाइएको छ ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ