नेकपा प्रदेश ५ का प्रमुख सचेतकको घरमा पेट्रोल बम प्रहार

नेकपा प्रदेश ५ का प्रमुख सचेतकको घरमा पेट्रोल बम प्रहार

car

नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ। रुपन्देही सैनामैना ७ रामापुरमा मा रहेको ढकालको घरमा घरमा शुक्रबार विहान ०२:४० मा पेट्रोल बम प्रहार भएको हो ।

सचेतक ढकाल सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठा र उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि कोठामा भने क्षति भएको छैन । सचेतक ढकाल बिरामी भएर काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन्। बम प्रहार हुँदा घरमा ढकालका आमा बाबु मात्रै घरमा रहेको प्रहरीले जनाएको छ। प्रहरी घटनास्थलमा पुगेर छानबीन थालेको छ। बम कसले प्रहार गर्यो भन्ने खुल्न सकेको छैन । यद्यपी सरकारद्वारा प्रतिबन्धित विप्लव माओवादीले बम हानेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रमुख सचेतक ढकाल प्रदेशसभाको गाडी खरिद अनियमितता प्रकरणमा मुछिएका पात्र हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ