काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे थाई एयरको विमानबाट सिंगापुर प्रस्थान गरेका हुन् । दुईसाता अघि स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका ओली थपउपचारका लागि सिंगापुर गएका हुन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको क्रियाटिनिनको मात्रा नरोकिएपछि विशेष औषधिउपचारका लागि आज सिंगापुर गएका हुन् ।
मिर्गौला रोग विशेषज्ञ चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको क्रियाटिटन बढ्नुको अर्थ मिर्गौला पुनः विग्रनु हो । डा काफ्लेका अनुसार प्राय मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको ५ वर्ष पछि मिर्गौलामा पुनः समस्याहरु आउँछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेकाले मिर्गौलामा पुनः समस्या आएको हुनसक्ने डा काफ्लेको भनाइ छ ।
‘प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भयो, प्रत्यारोपण गरेको मिर्गौला सधै स्वास्थ्य भइरहदैन, क्रियाटिनिन बढ्नुको अर्थ भनेको मिर्गौला विग्रनु हो ‘त्यो क्रियाटिनिन बढ्नुको कारण भनेको औषधि असर, पिसाब सम्बन्धि समस्या, वा मिर्गौला सुक्नु हो ।, मिर्गौला सुक्दै गएमा त्यो मिर्गौला विग्रन्छ, फेरी प्रत्यारोपण गर्नुपर्छ ।’
प्रधानमन्त्रीको प्रत्यारोपण गरेको मिर्गौलामा पुनः खराबी आउन थालेकाले उहाँलाई सिंगापुर लान तयारी भएको हुनसक्ने डा काफ्लेको भनाइ छ । प्रधानमन्त्री ओलीको मिर्गौला जोगाउन विशेष प्रकारको उपचारका लागि सिंगापुर जान लागेको हुनसक्ने डा काफ्ले बताउँछन् ।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने