कमला रानामगर-नेपाली काङ्ग्रेस का नेता तथा पुर्ब स्वास्थ्य मन्त्री गगन थापाले हाम्रा पुस्ताले मान्दै आएको सनातन धर्मलाइ कसैले परिबर्तन गराउन नसक्ने दाबी गर्नुहुदै कुनैपनि देश धर्म निरीपेक्ष हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।
पुर्वि नवलपरासीको कावासोतिमा सम्पन्न एक कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै पुर्व स्वास्थ्य मन्त्रि थापाले घुमाउरो पारामा हिन्दु धर्मको स्थापना र नेपाल हिन्दु राज्य हुन सक्ने संकेत गर्नुहुदै सविधानमा धर्मको बारेमा सहि ढंगले व्याख्या गर्न नसकेको दावि गर्नुभयो ।
जवरजस्ती धर्म परिवर्तन गराउनु अपराध भएको सविधानमा उल्लेख भएअनुसार धर्म परिवर्तन गराइने कार्य बन्द गरीनुपर्ने आग्रह गर्नुहुदै अव हाम्रो सनातन धर्मलाइ रक्षा गर्ने बेला आइसकेकोले सचेत रहनुपर्ने बताउनुभयो ।
यसैगरी ससद थापाले अहीलेको अवस्थामा सरकार बाट ज्यु धनको समेत सुरक्षा नभएको दाबी गर्नु हुदै सरकार ले नेपाललाइ कम्बोडिया बनाउन थालेको आरोप लगाउनु भएको छ ।
उहांले “गाडि चलाउने चालक सही नभएसम्म गन्तव्यमा पुग्न नसके जस्तै देश चलाउने अहीलेको सरकारको क्षमता नभएको कारणले देशले सही गन्तव्य भेट्टाउन सक्दैन” भन्नुुभयो ।
मन्त्री थापाले नेपालको इतिहासमै दुइ तिहाइको बलियो सरकार रहेको अहिलेको वर्तमान सन्दर्भमा पनि जनताले परिवर्तनको कुनै आभाष गर्न नपाएको गुनासो गर्नुहुदै यो दुई बर्ष मा यो सरकारले शून्य काम गरेको दाबी गर्नु भयो ।
देशलाइ दुर्घटनाबाट बचाउनको लागी हामी सबै नागरीक सचेत हुनुपर्ने जरुरी रहेको बताउनुहुदै नेता थापाले सबै आ आफनो ठाउबाट यसको लागी जुुटुनुुपर्ने समेत आग्रह गर्नुभयो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु