अष्ट्रेलीया लैजाने भन्दै नेपालीहरूको विचल्लि पार्ने ६ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। प्रहरीले मानव वेचबिखन तथा ओसारपसारमा संलग्न एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरि सार्वजनीक गरेको हो। पक्राउ पर्नेहरुमा भारतको पञ्जाव घर भई हाल इन्डोनेशियाको जकार्ता बस्ने ३० वर्षीय पुरुषोत्तम लाल, पर्वतको कुस्माका २७ वर्षीय शिवशर्मा, काभ्रेको गोठापानीकी २२ वर्षिया अस्मिरा चौलागाईं रहेका छन्। प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागबाट पक्राउ गरेको हो।
यस्तैगरी दोलखा घर भई काठमाडौं बस्दै आएका ३० वर्षीय शशि लामा भन्ने शशिकुमार तामाङ ठमेलबाट, म्याग्दीको बेनी घर भई पोखरा बस्ने ३० वर्षका डोलेन्द्र कार्की माइतीघरबाट पक्राउ परेका छन्। प्रहरीले काभ्रेको पनौतीका २८ वर्षीय अर्जुन कार्कीलाई पनि बबरमहलबाट पक्राउ गरी सार्वजनीक गरेको छ। उनीहरूले संगठीत रूपमा अष्ट्रेलियामा लगी आकर्षक रोजगारी दिने र अध्ययनको प्रलोभनमा पारि विभिन्न जिल्लाबाट मानिसहरुलाई काठमाण्डौ ल्याउने गरेका पाईएको छ। ‘जर्नी टु अष्ट्रेलिया’ नामको फेसबुकमार्फत झुटो आइडी प्रयोग गरी म्यासेज गर्दै भिसा लगाइदिने भन्दै उनीहरूले प्रतिव्यक्ति १५ लाखदेखि २० लाखसम्म रकम असुल गरेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ। पैसा उठाइसकेपछि उनीहरूले काठमाडौंबाट मलेसिया हुँदै इन्डोनेसियामा पुर्याएपछि पीडितहरूको राहदानी, नगद तथा भिसा समेतका कागजात नियन्त्रणमा लिई त्यहाँ बस्ने भारतीय मूलका व्यक्तिहरूसँगको मिलिमतोमा भाडामा लिइएको अपार्टमेन्टमा बन्धक बनाएको खुलेको छ। उनीहरूलाई पर्याप्त खानासमेत नदिई कुटपिट गरी, आर्थिक, शारिरिक तथा मानसिक शोषण गरी मानव बेचबिखन तथा ओसारपसारको कसुर अपराध गरेको प्रहरीले जनाएको छ।
मानव वेचविखन अनुसन्धान ब्युरोको पहलमा पीडितहरूलाई उद्दार गरी यसअघि नै नेपाल फकाईएको छ। पीडितहरूको उजुरीका आधारमा ब्युरोको टोलीले यही भदौ ३ गतेदेखिका विभिन्न मितिमा काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान अगाडि बढाएइको र अन्य संलग्नहरूको खोजी गरिरहेको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
सम्बन्धित खबर
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने