झरनाबाट खसेर क्यानोनिङ प्रशिक्षकको मृत्यु

झरनाबाट खसेर क्यानोनिङ प्रशिक्षकको मृत्यु

lamjung accident

बेसीशहर – लमजुङको उदिपुरस्थित गाईखुरे झरनाबाट खसेर एक जनाको मृत्यु भएको छ। नेपाली सेना उदिपुरस्थित श्रीजङ गणमा कार्यरत ३१ वर्षीय विजय श्रेष्ठको बिहीबार मृत्यु भएको हो।

गणले आगामी १४ देखि १६ गतेसम्म राष्ट्र सेवक दलका विद्यार्थीलाई साहासिक खेल क्यानोनिङको तालिम दिने तयारी गरेको थियो। क्यानोनिङ तालिमको लागि तयारी गर्नेक्रममा श्रेष्ठ झरनाबाट खसेका हुन्। झरनाबाट खसेर गम्भीर भएका श्रेष्ठलाई उपचारको लागि सदरमुकाम बेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको थियो। अस्पतालका चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका हुन्।

काभ्रेको बनेपा घर भएका श्रेष्ठ क्यानोनिङ प्रशिक्षकसमेत रहेको सेनाले जनाएको छ। मृतक श्रेष्ठ नेपाली सेनाको श्रीजङ गणमा लेसनायक दर्जामा कार्यरत रहेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ