Gandak News
Our News Your Views
sag adv
Lets

बिग एफएमको नोभा दही ‘बिग तीज, बिग धमाका’, यस्तो छ आजको प्रश्न…

Loading...

पोखरा । बिग एफएम १०१.२ ले अघिल्ला वर्षहरुमा झैं यसपटक पनि तीजको अवसरमा आयोजना गरेको ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो आजबाट सञ्चालन हुँदै छ ।

गण्डकी प्रदेशकै सर्वोत्कृष्ट रेडियोले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर फिस्टेल डेरी प्रा.लिको उत्पादन नोभा दहीसँगको सहकार्यमा यस पटक पनि रेडियो गेम शोलाई निरन्तरता दिएको हो । आजबाट सुरु हुने रेडियो गेम शो भदौ १५ गतेसम्म चल्नेछ ।

‘नोभा दही बिग तीज, बिग धमाका’ रेडियो गेम शोमा स्रोताहरुले एसएमएस र फेसबुकमा कमेन्ट गरी सहभागिता जनाउन पाउनेछन् । गेम शोका लागि आज “तीजको रहर आयो बरिलै ” कुन नेपाली चलचित्रको गीत हो ? भन्ने प्रश्न रहेको छ । यसका लागि अप्सन ‘’ मा कन्यादान र अप्सन ‘बी’ मा कुमारी रहेको छ ।

गेम शोमा सहभागी हुन सोहि प्रश्नको सही उत्तर एसएमएसमार्फत दिनुपर्नेछ । वा, रेडियोको आधिकारीक फेसबुक पेज बिग एफएम पोखरामा पोष्ट भएको प्रश्नको कमेन्ट बक्समा सही उत्तर लेख्नुपर्नेछ ।

‘नोभा दही बिग तीज, बिग धमाका’ को विजेता साँझा ७ बजेपछिको कार्यक्रममार्फत छनौट हुनेछन् । एसएमएस मार्फत स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम लेखी सही उत्तर ए वा बी टाईप गरी ३४३२१ मा सेन्ड गर्नुपर्नेछ ।

सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दैनिक दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई गोलाप्रथाबाट छनौट गरी नगद एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोले जनाएको छ ।

तीन दिनसम्म सही उत्तर दिने सबैमध्येबाट लक्की ड्र मार्फत एक जना छनौट गरी बम्पर उपहार आधा तोला सुनको गहना प्रदान गरिने कार्यक्रम संयोजक शंकर तिवारीले बताए ।

Loading...

नोभा दहीका उत्पादक फिस्टेल डेरी प्रा.लि. मार्केटिङ म्यानेजर किर्तीराज पौडेलले यस क्षेत्रमै रेडियो इभेन्टमा नम्बर वान बनेको एफएम मार्फत तीजको कार्यक्रममा आफूहरु जोडिन पाउँदा खुशी लागेको बताए ।

नोभा ब्राण्डका दुध दहीहरु पोखरामा सर्वप्रिय रहेको भन्दै उनले अझै बजारीकरणका लागि रेडियोका यस्ता कार्यक्रमहरु लाभदायक हुने र महिला दिदीबहिनीका पर्वमा जोडिने राम्रो बहाना समेत मिलेको बताए । नोभा दहीले विगत ३ वर्षदेखि हरेक तीजमा यो इभेण्टमा सहकार्य गर्दै आएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको