प्रभास स्टारर फिल्म साहो रिलीज त भयो तर दर्शकले यो फिल्म रुचाउन सकेनन् । फिल्मको प्रमोसनताका नै साहोको तुलना बाहुबलीसंग हुँदै आएको थियो । तर साहो बाहुबलीको तुलनामा कमजोर साबित भयो । ३५० करोडको बजेट खर्चिएको यो फिल्मबाट दर्शक निराश भएका छन् ।
फिल्मको कहानी भुमिगत अपराधिक समूहसंग सम्बन्धित छ । फिल्मको कहानी कमजोर भए पनि एक्सन दमदार छ । तर फिल्ममा एक्सन सिक्वेल र स्पेसल इफेक्ट बढी मात्रामा देखाइएका कारण फिल्म विषयवस्तुभन्दा बाहिर गएको समीक्षकहरुले बताएका छन् ।
फिल्म हेर्न हलसम्म पुगेका दर्शकलाई यसपटक प्रभासको एक्सन मन नपरको प्रतिक्रिया आउनुको कारण पनि यही नै हो । कलाकारको काम राम्रो भए पनि फिल्मको कथावस्तु नै कमजोर हुँदा यतिबेला दर्शकले टुइटरमा फिल्म साहोको मजाक उडाइ रहेका छन् । टुइटरमा प्रभास र उनको फिल्मलाई लिएर मिम्स बन्न लेको छ ।
फिल्म् समीक्षकले पनि फिल्मलाई खासै रुचाएका छैनन् । धेरैले साहोलाई आधा स्टार मात्र दिएका छन् ।
साहोमा प्रभासको साथमा श्रद्धा कपुर, जैकी श्राँफ, महेश मांजरेकर, नील नीतिन मुकेश , मंदिरा बेदी र चैकी पाण्डेको अभिनय छ । यो फिल्मलाई सुजितले निर्देशन गरेका हुन् ।
साहो नर्थ इन्डियामा करिब ४५ सय र तेलंगाना–आंध्रप्रदेशमा २ हजारभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ । नेपालमा साहोसंगै बिगबजेट मानिएको चलचित्र मारुनी प्रर्दशन भइरहेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’