३५० करोडको फिल्म ‘साहो’ किन रुचाएनन् दर्शकले ?

३५० करोडको फिल्म ‘साहो’ किन रुचाएनन् दर्शकले ?

saaho_6

प्रभास स्टारर फिल्म साहो रिलीज त भयो तर दर्शकले यो फिल्म रुचाउन सकेनन् । फिल्मको प्रमोसनताका नै साहोको तुलना बाहुबलीसंग हुँदै आएको थियो । तर साहो बाहुबलीको तुलनामा कमजोर साबित भयो । ३५० करोडको बजेट खर्चिएको यो फिल्मबाट दर्शक निराश भएका छन् ।

फिल्मको कहानी भुमिगत अपराधिक समूहसंग सम्बन्धित छ । फिल्मको कहानी कमजोर भए पनि एक्सन दमदार छ । तर फिल्ममा एक्सन सिक्वेल र स्पेसल इफेक्ट बढी मात्रामा देखाइएका कारण फिल्म विषयवस्तुभन्दा बाहिर गएको समीक्षकहरुले बताएका छन् ।

फिल्म हेर्न हलसम्म पुगेका दर्शकलाई यसपटक प्रभासको एक्सन मन नपरको प्रतिक्रिया आउनुको कारण पनि यही नै हो । कलाकारको काम राम्रो भए पनि फिल्मको कथावस्तु नै कमजोर हुँदा यतिबेला दर्शकले टुइटरमा फिल्म साहोको मजाक उडाइ रहेका छन् । टुइटरमा प्रभास र उनको फिल्मलाई लिएर मिम्स बन्न लेको छ ।

फिल्म् समीक्षकले पनि फिल्मलाई खासै रुचाएका छैनन् । धेरैले साहोलाई आधा स्टार मात्र दिएका छन् ।
साहोमा प्रभासको साथमा श्रद्धा कपुर, जैकी श्राँफ, महेश मांजरेकर, नील नीतिन मुकेश , मंदिरा बेदी र चैकी पाण्डेको अभिनय छ । यो फिल्मलाई सुजितले निर्देशन गरेका हुन् ।

साहो नर्थ इन्डियामा करिब ४५ सय र तेलंगाना–आंध्रप्रदेशमा २ हजारभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ । नेपालमा साहोसंगै बिगबजेट मानिएको चलचित्र मारुनी प्रर्दशन भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds