तनहुँ । एड्भेन्चर रियालिटी शो हिमालय रोडिज तेस्रो सिजनको प्रिअडिसन अर्थात रिजनल अडिसन बुधबारदेखि सुरु भएको छ । बुधबार तनहुँको दमौलीमा ग्याङ्ग लिडर आशिष राना ‘लाउरे’ले प्रिअडिसन लिएका थिए । दमौलीमा बुधबार भएको प्रिअडिसनबाट १० जना छनौट भएका छन ।
दमौलीमा २१ जनाले प्रिअडिसन दिएका थिए । अन्य इच्छुकहरु पोखरामा असोज ६ गते हुने मुख्य अडिसनमा आउन सक्ने आयोजकले जनाएको छ ।
भदौ १९ गते बाग्लुङ्ग र भदौ २० गते स्याङ्गजामा प्रिअडिसन हुने आयोजकले जनाएको छ । उक्त प्रिअडिसन ग्याङ्ग लिडर आशिष राना ‘लाउरे’ले नै लिनेछन ।
प्रिअडिसनबाट छनौट भएका प्रतियोगीहरुले पोखरामा हुने अडिसनमा सिधै ग्रुप डिस्कसन चरणमा जान पाउने छन । धेरै भन्दा धेरै युवाहरु लाई प्रतियोगितामा सहभागी गराउने उद्देश्यले यो वर्ष प्रिअडिसनको अवधारण ल्याइएको आयोजकले जनाएको छ ।
हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको एड्भेन्चर रियालिटी शो हिमालय रोडिजले यस अघि दुई सिजन सफलता पूर्वक समापन गरिसकेको छ । युवा पुस्तामा यस रियालिटी शोले आफ्नो गतिलो छाप छोडेको छ । यस रियालिटी शो यस वर्ष पनि हिमालय टेलिभिजनबाट नै प्रशारण हुने छ ।
बुधबारबाट नै हेटौडा र बिरगंजमा हुने प्रिअडिसनको नेतृत्व ग्याङ्ग लिडर दिया मास्केले गरेकी थिइन । प्रिअडिसन भदौ २४ गते सकिने निर्देशक अमनप्रताप अधिकारीले बताए ।
सिजन ३ मा नयाँ चुनौती, नयाँ ढाँचा, नयाँ अनुहार एवं नयाँ शैलीको खेल हुने निर्देशक अमनप्रताप अधिकारीले बताएका छन ।
निर्देशन अधिकारिले भने ‘पहिलो र दोस्रो सिजनले हामीलाई धेरै सिकाएको छ । अब भने हामीले सेलिब्रेटी ग्याङ लिडरको नयाँ ढाँचामा तेस्रो सिजन निर्माण गर्दैछौँ । प्रतिष्पर्धीमात्र नभएर ग्याङ लिडर पनि चुनौतीपूर्ण रुपमा खेलमा सहभागी हुनेछन् ।’
पहिलो र दोस्रो सिजनमा तीन जना जज थिए । तर, यस सिजनमा भने चार जना टिम लिडर रहेका छन् । पहिलो र दोस्रो सिजनमा जज बनेका रेमनदाश श्रेष्ठ यस सिजनमा होस्ट बन्नेछन् । ग्याङ लिडरमा भने दुई सिजनका जज आशिस राना ‘लाउरे’ र दीया मास्के रहेका छन् । ग्याङ लिडरमा पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही थपिएका छन् ।
ग्याङ लिडरहरु नयाँ र्फम्याटमा आउन लागेकोले निकै उत्साहित भएको बताउँछन् । सबै ग्याङ लिडरले आफ्नो समूहलाई जिताउने प्रयत्न गर्ने बताए ।
यस वर्षको लागि ५ शहरमा अडिसन गर्ने बताइएको छ । भदौ २८ गते धरानबाट अडिसन सुरु हुनेछ । भदौ ३१ गते चितवन, असोज ३ गते नेपालगञ्ज, असोज ६ गते पोखरा र असोज ९ गते काठमाडौंमा अडिसन हुनेछ ।
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला