पोखरा । बार्सा नेपाल पोखराको नया कार्यसमिति गठन भएको छ । शनिबार एक कार्यक्रमका बीच नयाँ कार्यसमिति गठन गरिएको हो ।
प्रकाश दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको प्रथम उपाध्यक्षमा आशिष लामिछाने, दितिय उपाध्यक्षमा बिधान देउजा, सचिवमा रोनिश रानाभाट, सहसचिवमा शिशिर काफ्ले, कोषाध्यक्षमा प्रशान्त गौतम, सहकोषाध्यक्षमा निरज पौडेल, पिआरओमा सुजन सापकोटा, संस्थाका सल्लाहकार सागर पौडेल चयन भएका छ्न । त्यस्तै सदस्यहरुमा समुल राई, केशव आचार्य, सागर सापकोटा र सन्दिप लामिछाने चयन भएका छ्न ।
फुटबल क्लब बार्सिलोनाका फ्यानहरु एकबद्ध भएर सामाजिक काम गर्ने उद्देश्यका साथ समिति गठन गरिएको हो । यश अघि पनि संस्थाले विभिन्न काम गर्दै आइरहेको छ ।
कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष बिदुर सापकोटाले गरेका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्वखेलाडी तथा सगरमाथाका सफल आरोही गोपाल श्रेष्ठ थिए ।
श्रेष्ठले कार्यक्रममा आफुलाई प्रमुख अतिथिको रुपमा बोलाएकोमा आभार प्रकट गर्दै आउदा दिनहरुमा सहयोग गर्ने बताए ।
कार्यक्रममा संस्थापक अशोक बराल, संस्थापक तथा दारी ग्याङ पोखराका अध्यक्ष बसन्त पहारी, पार्योजक प्रकाश पराजुली तथा संस्थाका सल्लाकार सुबिन भट्टराइ बोलेका थिए ।
कार्यक्रममा आर्थिक सहयोग गर्ने पुर्व उपाध्यक्ष उज्वल रेग्मी हाल दक्षिणकोरिया तथा सल्लाहकार जिबन गुरुङ हाल जापान लाई सम्मान पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै बिधुर सापकोटाले आफ्नो २ वर्षे कार्यकालमा भएका कार्यहरु पुरा गर्न सहयोग गर्ने सम्पुर्णलाइ धन्यबाद ज्ञापन गर्दै नया कार्यसमिति लाइ शुभकामना दिएका थिए । साथै सम्पुर्ण विवरण नबनिर्बाचित सचिब रोनिश रानाभाटले जानकारी गराएका थिए ।
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला