मुस्ताङमा -याफ्टिङको सफल परिक्षण, छुसाङदेखि जोमसोमसम्म (फोटो फिचर)

मुस्ताङमा -याफ्टिङको सफल परिक्षण, छुसाङदेखि जोमसोमसम्म (फोटो फिचर)

mustang rafting (2)

सूर्य तिमिल्सिना । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० सफल पार्ने उद्देश्यले मुस्ताङको कालिगण्डकी नदीमा गरिएको जलक्रिडा कार्यक्रम (-याफ्टिङ) सफल भएको छ ।

हिमालपारीको जिल्लामा नयाँ पर्यटकीय गन्तब्यको खोजी गर्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिका अग्रसर भएको हो । वारागुङ मुक्तिक्षेत्र ३, छुसाङ देखि घरपझोङ गाउँपालिकाको जोमसोमसम्म सफल परिक्षण गरिएको हो ।

 

सम्भाव्यता अध्ययनको लागि दुबै गाउँपालिकाले कार्यक्रम मार्फत बजेट नै छुट्याएका थिए । ‘मुस्ताङको सौन्दर्यता अब त्यति धेरै प्रचार गर्न आवश्यक छैन । अब हामीले यहाँ आउने पर्यटकको बसाईँ लम्ब्याउन आवश्यक छ। जसको लागि यहाँको मौलिक परम्परा र धर्म संस्कृतिका साथसाथै साहसिक पर्यटनमा समेत जोड दिन आवश्यक छ ।’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले भने ।

त्यस्तै, घरपझोङ गाउँपालिकाका अध्यक्ष आश बहादुर थकालीले यसको सफल परिक्षण सगैं मुस्ताङको पर्यटनमा नयाँ आयाम थपिने बिश्वास ब्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ