मुस्ताङमा -याफ्टिङको सफल परिक्षण, छुसाङदेखि जोमसोमसम्म (फोटो फिचर)

मुस्ताङमा -याफ्टिङको सफल परिक्षण, छुसाङदेखि जोमसोमसम्म (फोटो फिचर)

mustang rafting (2)

सूर्य तिमिल्सिना । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० सफल पार्ने उद्देश्यले मुस्ताङको कालिगण्डकी नदीमा गरिएको जलक्रिडा कार्यक्रम (-याफ्टिङ) सफल भएको छ ।

हिमालपारीको जिल्लामा नयाँ पर्यटकीय गन्तब्यको खोजी गर्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिका अग्रसर भएको हो । वारागुङ मुक्तिक्षेत्र ३, छुसाङ देखि घरपझोङ गाउँपालिकाको जोमसोमसम्म सफल परिक्षण गरिएको हो ।

 

सम्भाव्यता अध्ययनको लागि दुबै गाउँपालिकाले कार्यक्रम मार्फत बजेट नै छुट्याएका थिए । ‘मुस्ताङको सौन्दर्यता अब त्यति धेरै प्रचार गर्न आवश्यक छैन । अब हामीले यहाँ आउने पर्यटकको बसाईँ लम्ब्याउन आवश्यक छ। जसको लागि यहाँको मौलिक परम्परा र धर्म संस्कृतिका साथसाथै साहसिक पर्यटनमा समेत जोड दिन आवश्यक छ ।’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले भने ।

त्यस्तै, घरपझोङ गाउँपालिकाका अध्यक्ष आश बहादुर थकालीले यसको सफल परिक्षण सगैं मुस्ताङको पर्यटनमा नयाँ आयाम थपिने बिश्वास ब्यक्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ