काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत संयुक्त परियोजना उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका छन् । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको रिमोटमार्फत् उद्घाटन गर्दै उनले यस्तो अनुभव सुनाएका हुन् ।
उक्त परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले भिडियो कन्फरेन्समार्फत् जोडिएर संयुक्त उद्घाटन गरेका थिए । सो अवसरमा मोदीले नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा परियोजना चाँडो उद्घाट गर्ने सहमति गरेको स्मरण गर्दै भने, “मलाई खुसी लागेको छ कि हाम्रो संयुक्त प्रयासले हाम्रो दुईपक्षीय परियोजनाले प्रगति गरिरहेका छन् र आज हामी मोतिहारी–अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटन कार्यक्रममा भाग लिइरहेका छौं ।’’
उनले बितेका केही वर्षमा दुई देशबीच नियमित सम्पर्क भइरहेको जनाएका छन् । ‘‘बितेका डेढ वर्षमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र म चार पटक भेटिसकेका छौं,” ’उनले भने, ‘‘विकासको लागि हाम्रो साझेदारी सक्रिय बनाउनको लागि नयाँ क्षेत्रमा सहयोग बढाउन हामीले नयाँ अवसरको लाभ उठाएका छौं । हामी संयुक्त प्रयासको उद्देश्य हाम्रा जनतालाई लाभ मिलोस् भन्ने चाहन्छौं ।’’
उनले बितेका ५ वर्षमा दुई देशले महत्वपूर्ण दुईपक्षीय परियोजनालाई पूरा गरेको र कैयौं अन्य प्रयासको परिणाम चाँडै प्राप्त हुनेसमेत जनाएका छन् । संयुक्त रुपमा पशुपतिनाथ धर्मशाला र आइसीपी वीरगन्जको उद्घाटन गरेको समेत मोदीले स्मरण गरेका छन् ।
‘‘नेपालका प्राथमिकताअनुसार उसको विकासमा सहयोगको लागि भारतको प्रतिबद्धता म फेरि दोहोर्याउन चाहन्छु । यहाँहरुलाई धेरै धेरै धन्यवाद,’’ मोदीले भनेका छन् ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन