पोखरा । राष्ट्रिय युवा संघ नेपाल कास्कीले उच्श्रृङखल गतिविधी गर्ने ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाउने भएको छ । संघले आइतबार एक विज्ञप्ती जारी गरी पछिल्लो समय नेकपा सरकारको विरुद्धमा उच्श्रृङ्खल अराजक एवं प्रतिगामी प्रवित्तिका ब्याक्ति र समुहको चलखेल प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण सहित शाहीलाई कास्की प्रवेशमा रोक लगाउने जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ: ‘महान जनयुद्ध, जनआन्दोलन लगायत नेपाली जनताको लामो समय पछिको वलिदानपूर्व त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र धर्म निरपक्षता, संघीयता, समावेसिता जस्ता जस्ता महत्वपूर्ण उपलव्धीहरुका विरुद्धमा केही उच्श्रृङखल अराजक एवं प्रतिगामी प्रवित्तिका ब्याक्ति र समुहको अस्वभाविक चलखेल प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता पात्र र प्रवृत्तिहरुलाई निरुत्साहित गर्न हाम्रो संगठन जस्तोसुकै कदम चाल्न सदैव तयार रहेको जानकारी गराउदछौ ।
त्यसैगरी संघले फेसवुक, ट्वीटर, युट्युव लगायतका सामाजिक सञ्जालहरुको दुरुपयोग गरी समाजमा भ्रम सिर्जनागर्न खोज्न, द्धन्द्ध सिर्जना गर्न उस्काउनेहरु पछिल्ला उपलव्धि र परिवर्तनको विरोधी तत्वहरुबाट प्रायोजित तथा सञ्चालित भएको आरोप लगाएको छ ।’ विज्ञप्तीमा भनिएको छ, हाम्रो संगठन यस्ता प्रतिगामी तत्वहरुको विरुद्धमा आवश्यक्ता अनुसार प्रतिरोध कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिन चाहान्छौ ।
पछिल्लो समयमा यस्ता गलत अभियानमा संलग्न ज्ञानेन्द्र बहादुर शाह( ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भुमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउदै आम न्यायप्रेमी जनसमुदायमा विधीको शासन पछिल्लो परिवर्तन तथा उपलव्धिको पक्षमा दृढतापूर्वक उभिनु भइ सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौ । विज्ञप्तीमा भोजराज पौडेल अध्यक्ष साविकको वाइसिएल नेपाल कास्की र डिल्लीराम सुवेदी साविकको अध्यक्ष युवा संघ नेपालद्धारा हस्ताक्षर गरिएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु