काठमाडौं । श्रममन्त्री गोकर्ण बिष्टले अब सरकारी कर्मचारी र म्यानपावर व्यवसायीको भेट नै नहुने बताएका छन् । केही दिनभित्रै सुरु गर्न लागिएको अनलाइन प्रणालीलाई ईंगित गर्दै उनले यस्तो दावी गरेका हुन् ।
वैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री बिष्टले व्यवसायीलाई फाइल बोकेर वैदेशिक रोजगार कार्यालयमा पुग्नुपर्ने बाध्यता हटाइने विश्वास दिलाए ।
‘हामीले सँधै व्यवसायीका कुरा सुनेका छौं, तर आफ्ना समस्या राख्दा औचित्यपूर्ण हुनुपर्यो,’ उनले भने, ‘सरकार सबैको अभिभावक हो, तपाईंहरुको पनि हो, तर वैदेशिक रोजगारीमा जाने कामदारको समस्या प्राथमिकताका विषय हुन् ।’
उनले विदेश जाने युवाप्रति व्यवसायीको पनि दायित्व हुने भन्दै त्यसबाट पछि हट्न नपाइने बताए । वैदेशिक रोजगारीमा रहेको समस्या हटाउन सरकारले चालेका कदममा व्यवसायीले साथ दिनुपर्ने उनको भनाइ थियो ।
‘सुशासन सुदृढीकरणका हिसावले मन्त्रालय अन्तरगतका निकायमा आन्तरिक शुद्धीकरण गरिरहेका छौं, हामीले हाम्रा निकायमा हुने भ्रष्टाचार अनियमिततामा शून्य सहनशीलताको नीति लिएका छौं,’ मन्त्री बिष्टले भने, ‘अब व्यवसायीहरु पनि शुद्धीकरण हुनुपर्छ ।’
उनले अनियमित काम गर्ने कर्मचारीबारे गुनासो आएको ५ मिनेटमा त्यहँबाट हटाएको उदाहरण पनि प्रस्तुत गरे । ‘व्यवसायीको समस्याबारे मैले सानो–ठूलो टिममा कयौंपटक छलफल गरेको छु,’ उनले भने, ‘धरौटी वृद्धिको निर्णय पनि सर्वपक्षीय छलफलपछि नै भएको हो । त्यसैले संसदमा गएको प्रस्ताव विनाविवाद पारित भयो ।’
अब म्यानपावरहरुले पनि आफ्नो कार्यशैली बदल्नुपर्ने मन्त्री बिष्टको भनाइ थियो । गलत क्रियाकलापहरु नगर्न आग्रह गर्दै उनले शैली बदलेर अघि बढ्दा कामदारको मात्रै नभएर व्यवसायीको पनि हित हुने बताए ।
‘सरकारले म आउनुअघि नै १० हजार सेवा शुल्क तोकिसकेको थियो, म आएपछि मलेसिया जाने कामदारको आधा महिना बराबरको तलब रोजगारदाताबाटै व्यवसायीले पाउने गरी श्रम समझदारी भएको छ, यूएई र मोरिसससँग एक–एक महिनाको पाउने गरी श्रम समझदारी भएको छ ’ उनले भने,‘ अब भन्नुस् व्यवसायीलाई कहाँ मर्का पर्यो ?’
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ