नेपाल समूहचरणबाटै बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

नेपाल समूहचरणबाटै बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

Capture

काठमाडौं– नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । अघिल्ला दुई संस्करणको विजेता नेपाल काठमाडौंमा जारी साफ यू–१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएपछि त्यसको नैतिक जिम्मेवारी लिँदै प्रशिक्षक श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठले राजीनामा दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुष्टि गरेको छ । उनी २०७५ सालमा एन्फा एकेडेमीको यू–१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । अघिल्ला दुई संस्करणको विजेता नेपाल घरेलु मैदानमा भएको प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ