बुधबार बिहानैदेखि एक जनप्रतिनिधिको सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सेल्फीमा उनको अवस्था भने अश्लील छ। यसरी तस्वीर भाइरल भएपछि अध्यक्ष ओझाले सो तस्वीर आफ्नै रहेको स्वीकार गरे। उनले भने, ‘मेरा विरोधीले मलाइ सिध्याउन यस्तो गरेका हुन्।’
यसबारे कुरा गर्दा उनले आफू सधै यस्तै भएको बताए । उनले भने, ‘मेरै पार्टीका मान्छेहरु लागेका हुन्।’ ओझा तत्कालीन एमाले हालको नेकपाबाट विजयी अध्यक्ष हुन्। को–को लागे विरोधमा भन्ने प्रश्नमा ओझाले भने, ‘म कसैको नाम लिन चाहन्न तर, मेरै पार्टीका मान्छेहरु लागेका छन्। उनीहरुले काँग्रेसका मान्छेलाई पनि दिए (अश्लिल तस्वीर) । तर, यो तस्वीरले आफूलाई केही फरक नपार्ने उनको भनाइ छ।
उनले यो तस्वीर दुई वर्षपहिला आफु विरामी हुँदा काठमाडौंमा लिइएको दावी गरे। तर, तस्वीर उनले आफै होटलको कुनै कोठामा लिएको जस्तो देखिन्छ। तस्वीर हेर्दा विरामी जस्तो देखिँदैन त भन्ने प्रश्नमा उनले भने, ‘यो सबै विरोधीले गरेका हुन्, तिनीहरुले केही गर्न सक्दैनन्।’ यो तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाउने विरुद्ध प्रहरीमा उजुरी पनि नगर्ने उनले बताए।
सामाजिक सञ्जालमा भने यो तस्वीर अध्यक्ष ओझाले एक युवतीलाई मोबाइलमा पठाएको चर्चा छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ