दुबईमा मिनिबस दुर्घटनामा मृत्यु हुने ८ जना मध्ये एक नेपाली

दुबईमा मिनिबस दुर्घटनामा मृत्यु हुने ८ जना मध्ये एक नेपाली

uae acc

आबुधावी । दुबईमा १४ जना यात्रु बोकेको मिनिबस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । ज्यान जानेमध्ये एक नेपाली रहेको बताईन्छ । तर उनको नाम, ठेगाना खुलेको छैन । फस्ट सेक्युरेटीमा काम गर्ने सेक्युरेटी कामदार बोकेर गुडेको मिनिबस दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक नेपाली नागरिक रहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताएका छन् । दुबई प्रहरीका अनुसार बसमा सवार अरु ६ जनाको अवस्था गम्भीर छ र सबैलाई उपचारको लागि अल रसिद अस्पतालमा पुर्याइएको छ ।

प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेकाले मृतकको परिचय नखुलाइएको बताएको छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds