गोरखामा करेन्ट लागेर ३६ वर्षीय धन बहादुर गुरुङको मृत्यु

गोरखामा करेन्ट लागेर ३६ वर्षीय धन बहादुर गुरुङको मृत्यु

Death 1

गोरखा । गोरखामा करेन्ट लागेर बुधबार एकजनाको ज्यान गएको छ । करेन्ट लागेर आरुघाट गाउँपालिका–९ बगैचाका ३६ वर्षीय धन बहादुर गुरुङको ज्यान गएको हो।

घरमा राखिँदै आएको बौद्ध झण्डा फेर्ने क्रममा करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचारको लागि स्वास्थ्य चौकी पुर्याइएको थियो । स्वास्थ्य चौकी पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा बौद्ध समाजको झण्डा राख्न पोल गाड्न खोज्ने क्रममा पोलले ११ केभी प्रशारण लाइनको नाङ्गो तारलाई छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ