दशैंमा मासु कति र कसरी खाँदै हुनुहुन्छ ? खान नजाने ज्यानै जान सक्छ

दशैंमा मासु कति र कसरी खाँदै हुनुहुन्छ ? खान नजाने ज्यानै जान सक्छ

meat 1

अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । हिन्दु धर्मावलम्बीको महान् चाड दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋणपान गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् ।

अन्य समय त छँदै छ तर चाडबाडमा मासु अत्यधिक खाने प्रचलन नयाँ होइन । तर, मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा नेपाली त्यति सचेत छैनन् । मासु खाए पुग्यो भन्नेको बाहुल्य छ । न्युटिसनिस्ट केपी लम्साल सचेत गराउँछन्, ‘गलत तरिकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यान सक्छ ।’

चाडबाडमा मासु खानै नहुने भन्ने होइन । कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले अर्थ राख्छ । मासु भन्नासाथ खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, सुँगुर, कुखुरा, हाँस र माछा बुझिन्छ । ‘रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्छ,’ न्युटिसनिस्ट लम्साल भन्छन्, ‘मिर्गौलारोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लो मात्रा बढी भएकाले रातो मासु खाँदै नखाँदा राम्रो हुन्छ ।’

त्यस्ताले के खाने त ?

‘माछा र सेतो मासु खाने नि,’ सुझाउँछन्, ‘रातो मासु खानै परे थोरैभन्दा थोरै खाने ।’

बिर्सेर पनि खान नहुने
–मुटु ।
–कलेजो ।
–मिर्गौला ।
–आँखा ।
–रगत ।

मासुका लागि उपयुक्त पशु तथा पन्छीको उल्लिखित अंग नखाँदा स्वास्थ्यका लागि उपयुक्त हुन्छ । न्युटिसनिस्ट लम्सालको बुझाइ छ, ‘हामीले मासुका रूपमा खाने पशु तथा पन्छी रोगी भए उसको अंगमा विभिन्न किसिमका विषाक्त रसायन हुन्छन् । रगतमा अझ धेरै हुन्छ । हामीले मासुसँगै विषाक्त रसायन खाइरहेका हुन्छौं ।’ विषाक्त रसायनले मानिसको स्वास्थ्यलाई राम्रो गर्दैन । रोगी मानिसले त्यस्ता रसायन भएको मासु खाँदा रोगीमाथि रोगी हुन्छन् ।

दैनिक माछा/मासु कति खाने ?

–रोतो मासु २ देखि ३ टुक्रा ।
–माछा २ देखि ३ टुक्रा ।
–सेतो मासु बढीमा ५ टुक्रा ।
–अन्डा १ देखि २ वटासम्म ।

थप सुझाव

–घाम र धूवाँमा सुकाएको मासु नखाने ।
–सामान्य फ्रिजमा राखिएको मासु दुई÷तीनपछि नखाने ।

के/के खाने ?

अपवादबाहेक ३६५ दिनमा ३६० दिन एकैकिसिमका खानेकुरा खाने नेपाली परम्परा नै हो । त्यसैले चाडबाडमा त हो भनेर पेटले मागिन्जेल खाने नेपालीको बानी पुरानै हो । तर, त्यसरी खाँदा रोगको सिकार भइन्छ भनेर ध्यान दिनुपर्छ ।

न्युटिसनिस्ट केपी लम्सालको तर्क छ, ‘चाडबाडमा रमाइलो गरेर जीवनभरि पछुताउनु राम्रो होइन । रगतमा चिल्लो मात्रा बढी भएकाले पेटभरि मासु खाँदा बाँचुन्जेल दुःख पाउन सक्छन् । दीर्घरोगीले मात्र होइन, स्वस्थ मानिसले समेत मासु खान सावधानी अपनाउनुपर्छ ।’

पछिल्लो समय खाद्यवस्तु दूषित हुनेक्रम बढेको छ । तसर्थ, यो वा त्यो खानुहोला भन्दा अर्को अर्थ लाग्ला । तर, प्रत्येक छाकमा चारखालका परिकार पाकेमा सम्बन्धित खानेकुरा खानेलाई फाइदा हुने न्युटिसनिस्ट लम्सालको भनाइ छ । उनका अनुसार,

प्रत्येक छाकमा हुनैपर्ने

–अन्न वा कन्दमुल ।
–सागपात वा फलफूल ।
–गेडागुडी ।
–पशुपन्छीजन्य स्रोतका खानेकुरा ।

प्रत्येक छाकमा उल्लिखित खानेकुरा मिलाए सम्बन्धित खानेकुरा खानेको स्वास्थ्य सन्तुलनमा रहन सक्छ । उसलाई पोषक तत्व कमी हुँदैन ।

मदिरा छुनै नहुने

दशैं भन्नासाथ मासु र मदिराको चाड हो । मासु र मदिराविनाको चाडबाड खल्लो हुने भुक्तभोगीको भनाइ छ ।

घरेलुदेखि पाँच लाख रुपैयाँसम्मको मदिरा नेपालमै पाइन्छन् । फ्रान्स, स्कटकल्यान्ड र बेलायतका मदिरा नेपालमै बिक्री गरिन्छ । ‘मदिरा स्वास्थ्यका लागि लाभदायी होइन,’ उनले भने, ‘भन्नेले जे÷जे भने पनि मदिरा एक एमएल खानु पनि राम्रो होइन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds