दशैंको मासु: यसकारण विषालु हुनसक्छ

दशैंको मासु: यसकारण विषालु हुनसक्छ

meat masuu

दशैंको एउटा फरक विशेषता हो, मिठो खाने । हुन त अहिले मासु खानका लागि दशैं नै पर्खनुपर्छ भन्ने छैन । यद्यपी देशैंको उल्लासमा मासु विशेष परिकारको रुपमा अगाडि आउँछ । मासु विनाको दशैं कतिका लागि खल्लो हुनसक्छ ।

दशैंमा खसीको त्यो पनि पक्कु, खास परिकार हो । त्यसबाहेक अहिले रागा, भैंसी, बोका, च्याङ्ग्रा, कुखुरा, हास, माछा लगायत थरीथरीका मासु पाक्ने गर्छ । त्यसबाहेक विदेशबाट आयतित सामुन्दि्रक खाना पनि हाम्रो भान्सामा सामेल हुन थालेको छ ।

मासुमा केही पोषक तत्व हुन्छ । यसले हाम्रो शरीरमा आवश्यक पोषक तत्वको अभाव पुरा गर्छ । तर, त्यसका लागि कति खाने, कसरी खाने भन्ने कुरा मूख्य हो । अन्याथा यो रोगको स्रोत बन्न सक्छ । खासमा मासु भन्ने चिज शरीरमैत्री होइन । यसले शरीरलाई जति फाइदा गर्छ, त्यो भन्दा दोब्बर नोक्सान पुर्‍याउँछ ।

तर, दशैंको मेसोमा नेपाली समाजले अत्याधिक मासु खपत गर्छ । दशैँमा खसी काट्नै पर्ने मान्यता स्थापित भएकाले पनि दशैँमा प्राय सबै नेपालीको घरमा मासुको भण्डार हुन्छ । अत्याधिक मासुको सेवन गर्नुलाई त्यति स्वस्थकर मानिदैन । अझ कतिपय रोग लागेका मानिसलाई त मासु विषसमान नै हुन्छ-

मासुजस्तै शाकाहारी खाना

मासु खान मिल्दैन या सकाहारी हुनुहुन्छ भने उत्तम विकल्पहरु छन् । त्यस्ता विकल्पको प्रयोग गर्दा स्वादमा मासुजस्तै लाग्छन् तर, मासुले भन्दा बढी फाइदा गर्नुका साथै साइड इफेक्ट पनि हुँदैनन ।

यसका लागि भेज मिट प्रोडक्ट प्रयोग गर्न सकिन्छ । जसबाट प्रोटिन पाइन्छ र स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ ।

भेज मिट भट्मासबाट निर्माण हुन्छ । यसको स्वाद मासुको जस्तै हुन्छ । चपाउदा पनि मासु जस्तै लाग्छ । त्यस्तै, अन्य विकल्पमा दुधवाट बनेका पनिर र भट्मासबाट वन्ने टोपू पनि प्रयोग गर्न सकिन्छ ।

केही सुझाव

– दशैंमा मासुको अत्याधिक प्रयोग गर्नुहुँदैन । यो सँगै सागसब्जी, फलफूल, पानी र सलाद पनि उत्तिकै सेवन गर्नुपर्छ । यसो गर्दा मासुका नकारात्मक असरहरु कम गर्न मदत पुग्छ । यसले दशैँको समयमा हुने कब्जियतको समस्याबाट पनि बचाउँछ ।

– सकेसम्म पोलेको मासु प्रयोग गर्नु हुँदैन । साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वस्थकर हुन्छ ।

– कसै कसैलाई मासु खाए पनि नपच्ने समस्या हुन्छ । यस्तो समस्या भएका मानिसले दैनिक कम्तिमा एक कचौरा दहीको सेवन गर्नुपर्छ । विहान, खानापछि र दिउसोको समयमा दहीको प्रयोग गर्न सकिनछ । यसले पाचन प्रक्रियालाई चुस्त बनाउने काम गर्छ ।

– बढी फ्याट प्रयोग गर्न नमिल्ने भएमा पनि यसको विकल्प छन् । मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचाप भएका मानिसले तारेको खानेकुरा प्रयोग गर्नु हुँदैन ।

– बढी मासु खाँदा नुन पनि बढी त्यत्तिकै बढी खाईएको हुन्छ । यसले उच्च रक्तचापको समस्या हुन्छ ।

– बोसोको मात्र कम गर्नु छ भने कुखुराको भन्दा खसिको मासुबाट बोसो छुट्याएर प्रयोग गर्दा राम्रो हुन्छ । यस्ता मासुमा फ्याटभन्दा प्रोटिनको मात्रा बढी हुन्छ ।

– तौललाई कम गर्नका लागि प्रयासरत हुनुन्छ भने मासु खाँदा भात/चिउराको मात्रा एकदमै कम गर्नुपर्छ । त्यस्तै, सलाद, सागसब्जी (आलु वाहेक)को प्रयोगलाई भने सकेसम्म बढाउनुपर्छ । यसो गर्दा शरिरको अतिरिक्त शक्ति मेटावोलिज्मको मोडमा जान्छ ।

– ग्यासट्राइटिसको समस्या छ भने चिल्लो र पिरोलाई कम गर्नुपर्छ । र, खानासँगै फलफूल, तरकारीहरु, सलाद र दहिको पनि सेवन गर्नुपर्छ ।

ध्यान पुर्‍याउनैपर्ने कुरा

दशैंमा मासुको अत्याधिक प्रयोग गर्ने संस्कार छ । मासुसँगै चिल्लो, नुन, चिसो पेय पदार्थ, गुलियो र मदिराको पनि बढी प्रयोग गर्ने प्रचलन छ । तर, कतिपय रोगीलाई भने यस्ता खाद्यपदार्थ विष बन्छ । यस्ता रोगीले मासुको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ

– उच्च रक्तचाप

– मधुमेह

– मुटु रोग

– मृगौला रोग

– यूरिक एसिड

– मोटोपन

– कोलेस्टेरोल बढ्ने

– कब्जीयत

– क्यान्सर

– ग्यासट्राइटिस

कसरी तयार गर्ने मासु ?

– मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन । लामो समय प्रयोगमा नआएको हतियारले मासु काट्दै हुनुहुन्छ भने राम्रोसँग सफा गर्न अतिआवश्यक हुन्छ ।

– मासुका विभिन्न प्रकार छुट्याएर राख्ने गरिन्छ । यसरी छुट्याउँदा सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ । मासु राख्ने भाडा सफा हुन जरुरी छ ।

– थोरै समयमा मासु पकाउँदा भित्री भाग नपाकेको अपनि हुन सक्छ । त्यसैले, मासुलाई लामो समय दिएर पुरै पाक्ने गरि पकाईसकेर मात्र प्रयोग गर्नुपर्छ ।

– कहिल्यै पनि मासुलाई खुला वा झिगां भन्कने ठाँउमा राख्नु हुँदैन । मासु राख्द अनिवार्य छोप्नुपर्छ ।

– सकेसम्म लामो समयदेखिको मासुलाई प्रयोग गर्नु हुँदैन । यदि राख्नै परेको अवस्थमा सुरक्षितसाथ फ्रिजमा राख्नुपर्छ ।

– कहिल्यै पनि पाकिसकेको मासुलाई नपाकेका खानेकुराको छेउमा राख्न हुँदैन । किनभने नपाकेको खानेकुराबाट किटाणु सर्ने प्रवल सम्भावना हुन्छ ।

– आन्द्रा-भुडी राम्रोसँग सफा गरिसकेप

छि मात्र प्रयोग गर्नुपर्छ । यसरी पखाल्दा सफा पानीको प्रयोग गर्नुपर्छ र अनुभवी मानिसले मात्र पखाल्ने काम गर्नुपर्छ ।

– यसरी मासु तयार पार्दा सम्भावित कैयौँ स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

  • आरएम कार्की 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ