काठमाडौं– रवि लामिछानेविरुद्ध उच्च अदालत हेटौंडाले जिल्ला अदालत चितवनले गरेको फैसला सदर हुने निर्णय सुनाएको छ। उच्च अदालतले बिहीबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश सदर गरेको हो । उच्च अदालत हेटौंडाले चितवन अदालतले सुनाएको विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने जस्ता शर्तहरु भने बदर गर्न आदेश गरेको हो। उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको यस्तो आदेश दिएको हो।
उच्च अदालतको यो आदेशपछि लामिछानेले विदेश जान र कार्यक्रम चलाउन पाउने छन्। जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा दिएको निवेदनको दोस्रो सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय सुनाएको हो।
शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने ५ लाख, सञ्चारकर्मी युवराज कडेँल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका थिए । अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ । अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए । पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन