बिहेको तयारीमा काजल अग्रवाल

बिहेको तयारीमा काजल अग्रवाल

kajal

उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तिकी अभिनेत्री हुन् । सन् २००४ मा बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् । हालसम्मकै सर्वाधिक कमाइ गर्ने तामिल फिल्म ‘मगधीरा’ की नायिका काजल पछिल्लो पटक बलिउडमा ‘सिंघम’ र ‘स्पेसल २६’ मार्फत् देखिएकी थिइन् ।

सुन्दर अभिनेत्रीका रूपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् । एक कार्यक्रममा बोल्दै उनले बिहेको प्रस्ताव स्वीकार गरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छन् ।

‘हो, अब छिट्टै बिहे गर्नेछु,’ काजलको बिहे धारणा उनकै ‘बाहुबली’ को–स्टार प्रभासको बिहे चर्चा लगत्तै आएको छ । कतिपयले त प्रभासले काजलसँग नै बिहे गर्न सक्नेसम्मको सम्भावना व्यक्त गरेका थिए । त्यसो त काजललाई कुन अभिनेतासँग बिहे गर्ने चाहना छ भन्ने सवालमा उनले पनि प्रभासकै नाम लिएकी थिइन् ।

कान्तिपुरमा विस्तृतमा खबर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ