एजेन्सी-तमिलनाडुको त्रिची शहरको नाडुकापट्टी गाउँमा बोरवेलमा खसेका दुई वर्षीय सुजित विल्सनलाई बचाउने कोसिस असफल भएको छ । भारतीय सञ्चारमाध्यामहरुले सरकारी अधिकारी जे राधाकृष्णनलाई उद्धृत गर्दै बच्चाको शव निकाल्न उद्धार टोली असफल भएको जनाएका छन् ।
सरकारी अधिकारी जे राधाकृष्णनका अनुसार बालकको शव बोरवोलभित्रै सडेको अवस्थामा रहेको छ। उनका अनुसार बच्चा खसेको बोरवेलमा अब गन्ध आउन थालेको छ। उनले भने, ‘यो धेरै दुर्भाग्यपूर्ण कुरा हो ।’

यद्यपि, बीबीसीका सम्वाददाता हरिहरनका अनुसार बच्चाको शव हटाइएको छ । शुक्रबार भएको यो घटनापछि बालकलाई बचाउन प्रहरी, आपतकालीन उद्धार कोषका उद्दारकर्मी, दमकल विभाग, स्थानीयवासी लगायत खटेका थिए । तर उनीहरुको प्रयास असफल भएको छ । दुई वर्षी बालक सुजितको बोरवलभित्रै निधन भएको छ ।
घटना भएलगत्तै प्रहरी, दमकल विभाग र स्थानीयवासीहरुको सक्रियतामा बच्चालाई पाइपमार्फत अक्सिजन प्रदान गरिएको थियो । त्यसलगत्तै राष्ट्रिय विपत्ति विभागको फोर्सले बच्चाको अवस्था ट्र्याक गर्न बोरवेलमा सीसी क्यामेरा समेत जडान गरेका थिए । भारतका एनडीआरएफ र राज्य प्रकोप व्यवस्थापन बलका टोली पनि सुजिलाई बचाउन सक्रिय थिए । घण्टौसम्मको उनीहरुको प्रयास अन्ततः असफल भएको छ ।
घटनालगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुजितलाई बचाउन कुनै कसर बाँकी नराख्न उद्दार टोलीलाई आग्रह गरेका थिए । प्रधानमन्त्री मोदीले बालकलाई जसरी पनि उद्धार गर्न मुख्यमन्त्री लगायतलाई समेत निर्देशन दिएका थिए ।
भारतका धेरै अधिकारीहरू, राजनीतिज्ञ, सेलेब्रेटी र सर्वसाधारणहरूले सुजितलाई बचाउनका लागि सोशल मिडियामा प्रार्थना गरिरहेका थिए ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’