युट्युबमा चर्चित हुनका लागि मानिसहरुले के–के मात्रै गर्दैनन् । कहिलेकाँही खतरनाक स्टन्ट गर्छन् भने कहिले ‘भूत’बनेर मानिसहरुलाई तर्साउँछन् । भारतको कर्नाटकको राजधानी बेंगलुरुमा यस्तै घटना सार्वजनिक भएको छ । भूत बनेर मानिसहरुलाई तर्साउने युट्युबर्सलाई पुलिसले पक्राउ गरेको छ । उनीहरु सेतो लुगा लगाएर, तर्साउने मेकअप गरेर रात परेपछि बाटो हिँड्नेहरुलाई तर्साउँथे ।
भिडियोमा देखिएअनुसार एक युवक सेतो कपडा र लामो कपाल भएको विग लगाएर राती ट्याम्पो र बाइकमा सवारहरुलाई तर्साइरहेको देखिन्छन् । मानिसहरुको उजुरीपछि पुलिसले सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ गरिएका सात यु–ट्युबरको पहिचान शान मलिक, निवाद, स्यामुअल मोहम्मद, मोहम्मद अख्यूब, शाकिब, सयैद नाबील, युसूफ अहमदको रुपमा भएको छ । यी सातैजनाले कुकी पिडिया नामबाट यू–ट्युब च्यानल चलाउँछन् । यसमा ‘भूत’ को प्र्यांक भिडियो पनि सेयर गरिएका छन् । सोसल मिडियामा कुकी पिडियाका भिडियो निकै रुचाइन्छन् ।
यो भिडियो यशवंतपुर रोडमा रहेको शरीफनगरमा सुट गरिएको छ । भिडियोमा देखिए अनुसार २०–२२ वर्षका युवक सेतो लुगा र कालो विग लगाएर निकै डरलाग्दो हाउभाउसहित सडकमा आइरहेको देखिन्छन् ।
बेंगलुरु नर्थ डिसीपी एस कुमारले भने, ‘युवकले जबरजस्ती बटुवालाई रोकिरहेका थिए र उनीहरुलाई तर्साइरहेका थिए । उनीहरुलाई पक्राउ गरिएको छ । ’
https://youtu.be/ahcb0BbLPvU
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन