काठमाडौंमा दूरसञ्चार सेवा प्रदायकहरुका तार भूमिगत गर्ने कामको जिम्मा नेपाल टेलिकमले पाएको छ ।मन्त्रिपरिषदले तारहरु भूमिगत गर्ने मापदण्ड पारित गरेर त्यसका लागि काम अघि बढाउन दुरसञ्चार प्राधिकरणलाई स्वीकृति दिएको थियो । यो सँगै सोमबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले नेपाल टेलिकलमई यो कामको जिम्मा दिएको हो । प्राधिरकणका प्रवक्ता मनिप्रसाद कार्यालयका अनुसार काठमाडौंमा मुख्य बहिरी क्षेत्रलाई समेटेर तार भूमिगत गर्नेबारे अध्ययन भएको छ । मुख्य १५ वटा रुटमा पहिलो चरणमा तार भूमिगत गरिने उनले बताए ।
टेलिकमले पूर्वाधार तया गरेपछि दूरसञ्चार सेवा प्रदायकहरुले ग्राहक सेवा दिँदा आफ्ना तारहरु भूमिगत गर्नुपर्ने भएको छ । भारतीय परामर्शदाता कम्पनी केपीएमजीले अध्ययन गरेर तार भूमिगत गर्नेबारे मापदण्डको मस्यौदा तयार गरेको थियो । जथाभावी तारहरु हाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र हाल भदगोल रहेका तारहरुलाई व्यवस्थापन गर्न लागिएको हो । प्राधिकरणका अनुसार राजमार्ग, शहरी सडक, गल्ली र ग्राहकको घरभित्र पनि कसरी तारहरुको व्यवस्थापन गर्ने भन्ने स्पष्ट मापदण्ड बनेको छ ।
तारलाई व्यवस्थित गर्न भवन निर्माण मापदण्ड पनि संशोधन गर्नुपर्ने परामर्शदाताको सुझाव छ । स्मार्ट सिटीको अवधारणामा अघि बढ्दै गर्दा भवन संरचनाहरु पनि ब्रोडब्यान्ड मैत्री बनाउनुपर्ने हुन्छ । मापदण्ड तयार गरेर पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’ सञ्चालन गर्न लागिएको हो । यसपछि तार कहाँ हाल्न पाउने, कहाँ नपाउने, कसरी हाल्नुपर्ने लगायतका विषयमा नियम बनाइनेछ । घरहरुमा अहिले बिजुली र पानीको लागि विशेष व्यवस्था गरेजस्तै दूरसञ्चार सेवाको तारका लागि विशेष व्यवस्थापन गर्नुपर्ने मापदण्ड पनि बन्नेछ ।
अर्यालका अनुसार हाल जथाभावी बिजुलीका पोलमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायकलाई नियमन गरिनेछ । अहिले विद्युत प्राधिकरण र टेलिकमसँग अनुमति नै नलिई पोलमा विभिन्न दूरसञ्चार सेवा प्रदायकले आफ्नो तार र उपकरणहरु झुन्डाउने गरेका छन् । काम सुरु भएपछि काठमाडौंको शहरी क्षेत्रमा भद्रगोल बनेको तार व्यवस्थापनमा महत्वपूर्ण उपलब्धी हात पर्ने विश्वास प्राधिकरणको छ ।
काठमाडौंको रिंगरोडभित्र करिब ७० किलोमिटर क्षेत्रमा प्राधिकरणले तार भूमिगत रुपमा बिछ्याउन टेलिकममार्फत काम गर्न लागेको हो । तोकिएका खण्डमा परियोजना सफल भएपछि अन्य सडक खण्डमा पनि तार अन्डरग्राउन्ड गर्ने योजना छ ।
विद्युत प्राधिरकणले पनि पाइलट प्रोजेक्टकै रुपमा रत्नपार्क र महाराजगञ्ज तारलाई भूमिगत गर्न लागेको छ । पहिलो चरणमा वागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र वालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको छ । तार बिछ्याउँदा ‘माइक्रोटनेलिङ’ अर्थात ‘ट्रेंकलेस’ प्रविधि प्रयोग गर्ने योजना बनाइएको छ । यो प्रविधिमार्फत् सडक नखनी भूमिगत रुपमै पाइप राख्न सकिन्छ ।
अहिले काठमाडौंमा तार व्यवस्थापनको काम अपरिहार्य बनेको छ । पोलहरुले क्षमताभन्दा बढी तार र दूरसञ्चार उपकरणको भार थेगेर बसेका छन् । जथाभावी तार टाँग्दा दुर्घटनाहरुको जोखिम पनि बढेको छ भने शहरी सौन्दर्यातमा पनि ह्रास आएको छ ।
सम्बन्धित खबर
समानुपातिक निर्वाचनको कार्यक्रम मंसिर २० देखि सुरु, बन्दसूची बुझाउने समय ३ दिन
यस्तो छ प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका, बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने
तेस्रोलिंगीको नेतृत्वमा समाजवादी समावेशी पार्टी दर्ताको निवेदन
प्रमुख सचेतक जिम्मेवारी सम्हालिसकेका सन्तोष परियारले छाडे रास्वपा
मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट