काठमाडौं – नेपालले भलिबलमा ऐतिहासिक जित हासिल गरेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको हो।
ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलाई३—० को सोझो सेटमा पराजित गर्यो। नेपालले पहिलो सेट २५—१३, दोस्रो सेट २५—१२ र तेस्रो सेट २५—८ ले जित्न सफल भयो।
नेपाली महिला भलिबल टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो। प्रतियोगितामा अपराजित रहेको नेपाल शीर्ष स्थानमा रहँदै फाईनलमा पुगेको थियो। माल्दिभ्स शीर्ष दुईमा रहँदै उपाधि भिडन्त पक्का गरेको थियो। नेपालले समूह चरणका खेलहरूमा अफगानिस्तान, किर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई समान ३—० को सोझो सेटमा पराजित गरेको थियो।
नेपालले यो प्रतियोगितालाई नेपालमा हुने दक्षिण एशियाली खेलकुद सागको तयारीका रुपमा समेत लिएको छ। नेपालले हालसम्म स्वर्णपदक जित्न सकेको छैन। २०१४ मा काठमाडौंमा भएको दक्षिण एशियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलका लागि सबैभन्दा ठूलो पदक हो। सागमा नेपालले ३ कांस्य पदक जितेको छ।

सम्बन्धित खबर
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित, प्रचण्ड माधवसँग ७ बुँदे सहमति
महाधिवेशन विवादले कांग्रेसमा विभाजन ल्याउने चिन्ता
अब व्यक्तिगत घटना दर्तामा एक पटकलाई विवरण सच्याउन पाइने
अखिल अध्यक्षबाट दुई पटक राजीनामा दिएका डा. कडरियाले अराजक गतिविधि गरेको महासचिव धामीको आरोप
ऋषि धमलाको संरक्षकत्वमा जनादेश पार्टी, पत्नी एलिजालाई उपाध्यक्ष बनाउने तयारी
भष्ट्राचारको छानबिन एमालेबाट सुरू गर, ओलीबाट गर, गण्डकीमा मबाटै सुरु गर: खगराज अधिकारी
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
माधव नेपालले विलय गराइसकेको पार्टीबाट निकाले महासचिव घनश्याम भुसालसहितका ६ नेता