महिन्दा राजापाक्षेका भाइ गोतबाया श्रीलंकाका नयाँ राष्ट्रपति

महिन्दा राजापाक्षेका भाइ गोतबाया श्रीलंकाका नयाँ राष्ट्रपति

Rajapaksa-

काठमाडौं– श्रीलंकाका नयाँ राष्ट्रपतिमा गोतबाया राजपाक्षे चुनिएका छन् । शनिबार भएको राष्ट्रपतिको चुनावमा उनले ५४ प्रतिशत भन्दा बढी मत पाएका थिए ।

राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका हुन् । सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाइ दिएका छन्। गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् ।

गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थि ए। उनले तमिल विद्रोही समूह लिट्टेमाथि जित हात पारेका थिए ।

तस्वीर–एपी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ