पूर्वराजा र हिमानीलाई भेटेर पूजा शर्माले भनिन् – प्राउड मोमेन्ट !

पूर्वराजा र हिमानीलाई भेटेर पूजा शर्माले भनिन् – प्राउड मोमेन्ट !

pooja-gyanendra

काठमाडौं – अभिनेत्री पूजा शर्माले पूर्वराजपरिवारका सदस्यसँग भेट गरेकी छिन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहसँग खिचेका तस्वीर खिचेर सामाजिक सञ्जालमा अपलोड गरेकी हुन् ।

‘पूर्व युवराज्ञी हिमानी शाहसँगको गौरवपूर्ण क्षण । उहाँलाई माया ।,’ पूजाले हिमानीसँगको तस्वीर अपलोड गर्दै लेखेकी छिन् ।

पूजाका फ्यानले हिमानी र पूजा दुवैलाई ‘राजकुमारी’ भन्दै कमेन्ट गरेका छन् ।

पूर्व युवराज्ञी हिमानी शाहसँग नायिका पूजा शर्मा ।

यस्तै, पूजाले पूर्वराजा ज्ञानेन्द्र शाहसँगको तस्वीर पनि सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्रलाई संसारका अन्तिम हिन्दू राजाका रुपमा चिनाएकी छिन् ।

फिल्म करिअरको कुरा गर्नुपर्दा पूजा शर्मा यतिबेला ‘म यस्तो गीत गाउँछु २’ को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा उनले अभिनेता पल शाहसँग जोडी बाँध्नेछिन् ।

यसअघि रिलिज भएको उनको फिल्म ‘पोइ पर्‍यो काले’ व्यावसायिक रुपमा असफल भएको थियो । फिल्ममा पूजाका अलावा सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ लगायतका कलाकारको समेत शीर्ष भूमिका थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ