नेपाल भ्रमण वर्ष २०२० मा ६१ करोड खर्च, यस्तो छ बजेट बाँडफाँड

नेपाल भ्रमण वर्ष २०२० मा ६१ करोड खर्च, यस्तो छ बजेट बाँडफाँड

visit-nepal-year-2020

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० का लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी कार्यक्रम तय भएको छ। भ्रमण वर्ष सचिवालयले अन्नपूर्ण पोस्ट्लाई उपलब्ध गराएको तथ्यांकअनुसार भ्रमण वर्ष २०२० मा कार्यक्रम गर्न चालु आर्थिक वर्ष २०७६/७७ सम्ममा प्राप्त बजेटका आधारमा यो बजेट स्वीकृत भएको हो।

भ्रमण वर्ष सचिवालयका अनुसार गत वर्षको र चालु आवको गरी जम्मा २५ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ। तर, भ्रमण वर्ष सचिवालयलाई भने सरकारले बजेट तय गरेर खर्च गर्दै गर्नुस् भनेका कारण उक्त बजेट तय भएको उल्लेख छ।

भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले सन् २०२० को हरेक महिना फरक–फरक कार्यक्रम गर्ने गरी सचिवालयले बजेट तय गरेको जानकारी दिए। यस्ता कार्यक्रममा खेल पर्यटन प्रवद्र्धन, डिजिटल मार्केट, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रवद्र्धनात्मक गतिविधि, नेपालमा हुने विभिन्न सभा समारोहसहितका गतिविधि गर्न बजेट तय भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ