बालबालिकालाई चिसोबाट जोगाउन यी कुरामा ध्यान दिनुस्

बालबालिकालाई चिसोबाट जोगाउन यी कुरामा ध्यान दिनुस्

child_b4tzIaVjjV

काठमाडौँ । मङ्सिर सुरु भएसँगै चिसो मौसम सुरु भएको छ । यो समयमा रुघाखोकी, ज्वरो, निमोनिया लगायत स्वास्थ्यसम्बन्धी समस्या देखा पर्दछन् ।

समस्या सबै उमेर समूहका व्यक्तिमा देखिए पनि बालबालिका बढी जोखिममा पर्छन् । बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या खुलस्त भन्न नसक्दा चिसो मौसममा देखिने सामान्य समस्याले ठूलो रूप लिन सक्छ ।

त्यसैले यो समयमा बालबालिकाको विशेष हेरचाह गर्नुपर्ने हुन्छ । चिसो मौसममा लाग्ने विभिन्न रोगबाट बालबालिकालाई बचाउन अविभावकले विशेष ध्यान दिनुपर्छ भने यस्ता खालका समस्या घरेलु उपचारबाट पनि निको पार्न सकिन्छ ।

चिसोको समयमा बालबालिकामा देखिने समस्या, त्यसको रोकथाम र समाधानका उपाय के–के हुन् ? प्रस्तुत छ, बाल नर्सिङ विशेषज्ञ सुरक्षा सुवेदीको जानकारीमुलक भनाइः

चिसो मौसममा देखापर्ने समस्या
चिसोको समयमा शरीरका सबै नसा खुम्चिने गर्छन् । यसले मस्तिष्क, मुटु जस्ता महत्त्वपूर्ण अङ्गमा रक्तसञ्चार राम्रोसँग हुँदैन । त्यसैले चिसो मौसममा शरीरलाई तातो बनाइराख्नु पर्छ । अन्य व्यक्तिले स्वास्थ्यमा आएको समस्याको बारेमा भन्न सक्छन् भने बालबालिकाले भन्न सक्दैनन् । जसले गर्दा उनीहरुको स्वास्थ्यमा कस्ता किसिमको समस्या छन् भन्ने अभिभावकलाई पनि जानकारी हुँदैन । सामान्य रुघाखोकी बढ्दै गएर निमोनिया भएपछि मात्रै थाहा हुन्छ ।

बालबालिकालाई चिसो लाग्यो भनेर थाहा पाउने भनेको सुरुमा रुघा लाग्ने, सिँगान बग्ने, खोकी लाग्ने, खाने कुरा निल्दा घाँटी दुख्ने, आँखामा कचेरा आउँने, आँखा रातो हुने जस्ता लक्षणहरु हुन् । यी लक्षणलाई समयमा नै पहिचान गरी उपचार गर्न नसकेको खण्डमा रुघाखोकी बढ्दै जाने र अन्त्यमा निमोनिया हुने सम्भावना हुन्छ ।

साथै बालबालिकामा चिसोको कारणले झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वारो आउने हुन्छ । यस्ता लक्षण थाहा पाएपछि बालबालिकालाई चिसो लाग्न सुरु भयो भनेर अभिभावक सचेत हुनुपर्छ । सचेत भइएन भने निमोनियासम्म हुन सक्छ । चिसोको समयमा बालबालिकाको छाला सुख्खा हुने, चिलाउने समस्या पनि हुन्छ ।

अपनाउनुपर्ने उपाय
बालबालिकालाई चिसोबाट बचाउनका लागि बिहान उठेपछि मनतातो पानी, दूध खुवाउनुपर्छ । यी कुराले रातभर लागेको चिसो हटाउन मद्दत गर्छ । साथै केही समय घाममा राख्ने, लामो समयसम्म घाममा राख्दा बालबालिकाको शरीरमा पानीको मात्रा कम हुने हुँदा बेलाबेलामा पानी खुवाइरहनु पर्छ । सकेसम्म बिहानको घाममा राख्दा राम्रो हुन्छ । घाम कम लाग्ने हुँदा चिसो मौसममा जुनसुकै समयमा पनि घाममा राख्न सकिन्छ तर घाममा बस्दा पानीको मात्रामा भने ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ