कास्कीको भोट साढे १० बजेबाट गनिँदै, फलामे तारजाली भित्र भोट गन्ने

कास्कीको भोट साढे १० बजेबाट गनिँदै, फलामे तारजाली भित्र भोट गन्ने

kaski 6

पोखरा । कास्की २ को मतगणना अहिले साढे १० बजेबाट सुरु हुँदैछ । पोखराको ११ वटै वडाका ३२ मतदान स्थलका ८२ केन्द्रमा खसेका मतपेटिका ल्याएर सर्वदलीय बैठक बसेको थियो । भर्खरै सकिएको बैठकले साढे १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समितिको सभाहलमा फलामे तारजालीभित्र मतगणनाको तयारी भइरहेको छ ।

प्रतिनिधिसभाको एक मात्रै उपनिर्वाचन भएको कास्की २ मा ६३.४० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्यांक अनुसार जम्मा मतदाता ७१ हजार ८ सय ७१ रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको हो । पुरुष २० हजार ७सय ८४ र महिला २४ हजार ७ सय ७९ जनाले मत खसाले ।

यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds