‘अमेरिकन आइडल’ मा नेपालका दिवेसको धमाकेदार प्रस्तुति (भिडियो सहित)

‘अमेरिकन आइडल’ मा नेपालका दिवेसको धमाकेदार प्रस्तुति (भिडियो सहित)

diwes

नेपालकै विभिन्न रियालिटी शोहरु जारी छन् । नेपाल भन्दा बाहिर भारतका विभिन्न रियालिटी शोमा पनि नेपालीहरुको सहभागिता रहने गरेको छ । तर यतिबेला ‘अमेरिकन आइडल’मा छनोट भएका नेपालका २० वर्षिय दिवेस पोखरेल निकै चर्चामा रहेका छन् । गायन प्रतियोगिता कार्यक्रम ‘अमेरिकन आइडल’ संसारभर चर्चित छ। उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्ति छानिने यस कार्यक्रममा विभिन्न देशबाट थुप्रै प्रतिभाशाली गायकको उपस्थिति हुन्छ।

https://youtu.be/A73ELaEsQpM

‘एवीसी’बाट प्रशारण हुने चर्चित रियालिटी शोको पहिलो एपिसोडबाट नै दिवेस छनोट भएका हुन् । अडिसनको भिडियो बाहिरिएसंगै उनको चर्चा देश बिदेशमा भैरहेको छ । नेपाली भएकै कारण मात्र चर्चामा नभएर दिवेश भित्रको प्रतिभाले उनलाई चर्चामा ल्याएको हो । ‘आर्थर गन’ को नामबाट पनि चिनिने उनले बब दिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’गीत प्रस्तुत गरेका थिए जुन जजहरुले निकै रुचाएका थिए । जजहरुले भनेपछि उनले अर्को गीत ‘सम टोल्ड मि लङ अगो’ पनि सुनाएका थिए ।

६ वर्ष अघि अमेरिका पुगेका दिवेसको स्थिटोरीमा नेपालको चर्एचा गरिनुका साथै नेपालका केहि दृश्यहरु समेत देखईएको थियो ।अडिसनमा तीनै जजको मन जितेका दिवेश आगामी चरणका लागि चुनिए । दिवेशले दोस्रो चरणको अडिसन पार गरेका हुन्।

दिवेशले आफूलाई थप चिनाउने क्रममा आफू उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएको बताए। हाल विचिटा, कान्सास बस्ने र विशेषगरी यहीँ आएपछि संगीतमा बढी लागेको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ