Gandak News
Our News Your Views

रचितको पहिलो कोशेली ‘हवाईजहाज कराउँदा’, शर्मिला गुरुङको साथ (भिडियो)

एक्लै हुँदा, गाइबाख्रा चराउँदा
झल्को आउला, हवाईजहाज कराउँदा

पोखराका रचित पौडेलले औपचारिक रुपमा पहिलो लोकदोहोरी गीतको भिडियो सार्वजनिक गरेका छन् । यससँगै उनले नवगायकका रुपमा आफूलाई स्थापित गरेका छन् । यसअघि रचितले अडियो गीत ‘छल गर्यो छायाँले’ सार्वजनिक गरेका थिए । रचितले ‘हवाईजहाज कराउँदा’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरेका हुन् । उनलाई चर्चित गायिका शर्मिला गुरुङको साथ मिलेको छ । ज्योति लोहनी र रमेश परियारले पृष्ठभूमिबाट स्वर मिसाएका छन् । परदेशिएका मायालुबीचको कथा रहेको यस गीतका शब्द रचित आफैले कोरेका हुन् । लय रमेश परियारको रहेको छ । गीतको एरेञ्ज तारानाथ आचार्यले गरेका हुन् । डिजिटल स्टार पोखरामै गीत रेकर्ड भएको हो ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

रक्षा म्युजिकबाट सार्वजनिक भिडियोको निर्देशन गुरुआमा फिल्मसकी स्मृति तिमिलसिनाले गरेकी हुन् । भिडियोमा चर्चित मोडल जीवन खड्का र एलिना ठकुरी देखिएका छन् । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई प्रकाश धमालले काँटछाँट र फुलबुट्टा भरेका हुन् ।

सांगीतिक जिवनको पहिलो प्रयास भएकाले आफू निकै उत्साहित भएको नवगायक रचितले बताएका छन् । किशोर उमेरका उनले आफूमा निखारता ल्याउँदै अघि बढ्ने प्रतिबद्धता जनाउँदै दर्शक श्रोताको माया पाउने विश्वास समेत लिएका छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको