तनहुँ । तनहुँको भानु नगरपालिकाको तुरतुरे र गोरखाको पालुङटार जोड्ने मस्र्याङ्दी नदीमाथि बन्दै गरेको पुलको फर्मा ढल्दा तीन कामदार घाइते भएका छन ।
पुल निर्माणको क्रममा बिछ्याइएको फर्मा ढल्दा तीन कामदार घाइते भएका हुन । मध्यपहाडी राजमार्ग अन्तर्गत उक्त पुल निर्माण भईरहेको थियो ।
घाइते हुनेमा बर्दिया घर भएका सुनील चौधरी, राज चौधरी र सन्दिप चौधरी रहेको प्रहरीले जनाएको छ । सुनीलको अवस्था गम्भिर रहेको र काठमाडौंमा उपचार भइरहेको डीएसपी बासुदेव खतिवडाले बताए । अन्यको भने स्थानीय मेडिकलमा उपचार भएको छ ।
ढलानका लागि फर्मा बिछ्याउन राखिएको करिव तीन हजार टेका ढलेर दुर्घटना भएको ठेकेदार कम्पनीका इन्जिनियर प्रेम अधिकारीले बताए ।
‘तीन हजार टेका लगाएर फर्मा ओछ्याउने काम लगभग सकिन लागेको थियो, काम गर्दागर्दै मंगलबार दिउँसो एक्कासी टेका लडेर फर्मा सबै ढल्यो’ उनले भने ।

टेकालाई बाँधेको तार खुकुलो भएर ढलेको हुन सक्ने उनको अनुमान छ ।
पुल निर्माणका लागि गौरी पार्वती निर्माण सेवा प्रालिसँग २०७२ साल असार २५ गते सम्झौता भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक बिभाग अन्तर्गतको पुल योजना पश्चिम क्षेत्र सेक्टर नम्वर ४ को कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ७ करोड ५ लाख ४० हजारमा सम्झौता भएको पुल २०७५ असार २५ गते सक्नुपर्ने थियो । समयमै काम नसकेपछि २०७६ साल जेठ मसान्तसम्म म्याद थप गरिएको कार्यालय प्रमुख भीमार्जुन कँडेलले बताए । तर थपिएको म्याद पनि काम नसकेपछि अलपत्र बनेको पुलको पुनः काम सुचारु भएको हो ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?