नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति), कास्कीद्वारा सेवाग्राहीका लागि उपयोगी प्रचार सामाग्री

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति), कास्कीद्वारा सेवाग्राहीका लागि उपयोगी प्रचार सामाग्री

Nijamati (1)

राजकिरण छत्कुली, पोखरा । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति), कास्कीले सेवाग्राही एवं कर्मचारीहरुको लागि उपयोगी हुने गरी तयार गरेको जानकारीमूलक प्रचारसामाग्री तथा ईन्फो स्टीकर कार्यालयहरुमा टाँस्न सुरु गरिएको छ ।

गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले एक समारोहका बीच स्टीकर टाँस गरी यस अभियानको सुरुवात गरे । गुरुङले कर्मचारी संगठनहरुले पेशागत हितको कार्य नगरी राजनीति मात्रै गर्ने हो भने यसको खारेज गर्नेसम्मको बहस सिर्जना हुनेतर्फ सचेत रहनुपर्ने बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठनले गरेजस्ता रचनात्मक कार्य गर्ने हो भने मात्र ट्रेड युनियनहरु मौलिक रुपले अस्तित्वमा रहने उनको भनाई छ ।

मुख्यमन्त्री गुरुङले भने– ‘हो, यस्ता कार्यक्रम लिएर आउनुहोस् न, अनि पो म पनि खुशी भएर साथ दिन्छु ।’ गण्डकी प्रदेश सरकारको समृद्धिको अभियानमा कर्मचारीको महत्वपूर्ण सहयोग अवश्यक पर्ने जनाउँदै यस्ता खालका सूचना सामाग्रीले कर्मचारी र सेवाग्राही सबैलाई फाईदा पुग्ने बताए ।

निजामति कर्मचारिहरुको आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुषालले जनप्रतिनिधि र कर्मचारीहरूको उचित सहकार्यल नै समृद्धि हासिल हुने बताए । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र ढुंगानाले निकै मेहनत गरेर सामाग्रीहरु तयार गरिएको बताउंदै संगठनले राजनैतिक भन्दापनि रचनात्मक तथा व्यवसायिक कार्यक्रम गर्दै आईरहेको जानकारी गराए ।

सो कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरि बस्याल, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका पदाधिकारीहरु, नेराकमस गण्डकीका अध्यक्ष तारानाथ सुवेदी, संगठनका पदाधिकारीहरु, आधिकारिक ट्रेड युनियन कास्कीका सचिव लगायतको उपस्थिति थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राजकिरण छत्कुली

राजकिरण छत्कुली

छत्कुली गण्डकन्यूजका डाइरेक्टर हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds