राजकिरण छत्कुली, पोखरा । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति), कास्कीले सेवाग्राही एवं कर्मचारीहरुको लागि उपयोगी हुने गरी तयार गरेको जानकारीमूलक प्रचारसामाग्री तथा ईन्फो स्टीकर कार्यालयहरुमा टाँस्न सुरु गरिएको छ ।
गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले एक समारोहका बीच स्टीकर टाँस गरी यस अभियानको सुरुवात गरे । गुरुङले कर्मचारी संगठनहरुले पेशागत हितको कार्य नगरी राजनीति मात्रै गर्ने हो भने यसको खारेज गर्नेसम्मको बहस सिर्जना हुनेतर्फ सचेत रहनुपर्ने बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठनले गरेजस्ता रचनात्मक कार्य गर्ने हो भने मात्र ट्रेड युनियनहरु मौलिक रुपले अस्तित्वमा रहने उनको भनाई छ ।
मुख्यमन्त्री गुरुङले भने– ‘हो, यस्ता कार्यक्रम लिएर आउनुहोस् न, अनि पो म पनि खुशी भएर साथ दिन्छु ।’ गण्डकी प्रदेश सरकारको समृद्धिको अभियानमा कर्मचारीको महत्वपूर्ण सहयोग अवश्यक पर्ने जनाउँदै यस्ता खालका सूचना सामाग्रीले कर्मचारी र सेवाग्राही सबैलाई फाईदा पुग्ने बताए ।

निजामति कर्मचारिहरुको आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुषालले जनप्रतिनिधि र कर्मचारीहरूको उचित सहकार्यल नै समृद्धि हासिल हुने बताए । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र ढुंगानाले निकै मेहनत गरेर सामाग्रीहरु तयार गरिएको बताउंदै संगठनले राजनैतिक भन्दापनि रचनात्मक तथा व्यवसायिक कार्यक्रम गर्दै आईरहेको जानकारी गराए ।
सो कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरि बस्याल, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका पदाधिकारीहरु, नेराकमस गण्डकीका अध्यक्ष तारानाथ सुवेदी, संगठनका पदाधिकारीहरु, आधिकारिक ट्रेड युनियन कास्कीका सचिव लगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो