पोखरा । मनाङ मर्स्याङ्दी क्लबले १८ औं संकरणको आहा १ रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । यससँगै मनाङले छैटौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । र, मनाङले पुलिससँग सर्वाधिक धेरै पटक उपाधि जित्ने कीर्तिमानमा बराबरी गरेको छ । पुलिसले क्याराभानसहित ६ पटक उपाधि जितेको हो । जुन सहारा क्लब पोखराले आयोजना गरेको पहिलो प्रतियोगिता हो ।
उपाधिसँगै मनाङले १० लाख १ हजार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो ।
टाइब्रेकरमा मनाङ सफल भयो । टाइब्रेकरमा मनाङका अञ्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रञ्जन बिष्टले गोल गरे । मनाङका निशान लिम्बुको प्रहार पुलिसका किपर रोशन खड्काले बचाए । पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे । पुलिसका तेज तामाङ र अजित भण्डारी को प्रहार मनाङका किपर अशोक बरालले बचाए । पहिलो हाफमा पुलिसको तुलनामा मनाङले अवसर पाएको थियो । दोस्रो हाफमा दुवै टोलीले उत्तिकै अवसर खेल फाल्यो ।
पेनाल्टीमा चुकेका अजित सर्वोत्कृष्ट
१८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अधिकांश व्यक्तिगत अवार्ड च्याम्पियन टोली मनाङ मस्र्याङ्दी क्लबकै खेलाडीको हातमा पुगेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट र उच्च गोलकर्ता बाहेकका सबै व्यक्तिगत अवार्ड मनाङले जितेको हो ।
उपविजेता नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले अप्रिलाको स्कुटर जितेका छन् । फाइनलको टाइब्रेरकमा भने अजित गोल गर्न असफल हुँदा टीम उपविजेतामै सीमित बन्यो । उनको प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले रोकेका थिए ।
प्रतियोगितामा मनाङ अशोक बराल उत्कृष्ट गोलकिपर, सुरज विक उत्कृष्ट रक्षक, नितिन थापा उत्कृष्ट मिडफिल्ड, अन्जन विष्ट उत्कृष्ट फरवार्ड र फुजा टोपे उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । समान २ गोल गर्ने पुलिसका भरत शाह र निरकुमार राई, मनाङका अन्जन, रुस्लान थ्री स्टार क्लबका सुशन श्रेष्ठ र आयोजक सहारा क्लबका त्रिदेव गुरुङ उच्च गोलकर्ता बने ।
सर्वोत्कृष्ट खेलाडी:
अजित भण्डारी (पुलिस)

उत्कृष्ट गोलकिपर:
अशोक बराल (मनाङ)
उत्कृष्ट डिफेन्डर:
सुजर विक (मनाङ)
उत्कृष्ट मिडफिल्डर:
नितिन थापा (मनाङ)
उत्कृष्ट फरवार्ड:
अन्जन विष्ट (मनाङ)
उत्कृष्ट प्रशिक्षक:
फुजा टोपे (मनाङ)
उच्च गोलकर्ता (२ गोल):
भरत शाह (पुलिस), अन्जन विष्ट( मनाङ), निरकुमा राई (पुलिस), सुशन श्रेष्ठ (थ्री स्टार), त्रिदेव गुरुङ (सहारा)
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो