इटालीमा कोरोनाको प्रभाव: आफ्नाे होटललाई अस्पतालमा परिणत गर्दै रोनाल्डो

इटालीमा कोरोनाको प्रभाव: आफ्नाे होटललाई अस्पतालमा परिणत गर्दै रोनाल्डो

ronaldo hotel

पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् ।

इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीका रुपमा पनि चिनिन्छन् ।

रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने बताइएको छ भने अस्पतालमा भर्ना हुने सम्पूर्ण बिरामीको उपाचार समेत नि:शुल्क गरिने बताइएको छ । अस्पतालमा कार्यरत डाक्टरलाई पारिश्रमिक समेत रोनाल्डो आफैँले दिने भएका छन् ।

युभेन्टसका डिफेन्डर रुगानीमाथि कोरोना पोजेटिभ भेटिएपछि रोनाल्डोमाथि पनि कोरोनाको आशंकामा परीक्षण गरिएको थियो । तर उनीमाथि कोरोना नभएको पुष्टि भैसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ