पोखरा । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।
आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।
सम्बन्धित खबर
वर्षाले पोखरा-मुग्लिन सडक विस्तार कार्य प्रभावित
पर्यटक भित्राउन चैत अन्तिम साता घान्द्रुकमा महोत्सव
पोखरा स्वास्थ्य केन्द्र भवनबाट सरकारी कागजात चोर्नेहरू पक्राउ
नेपाल पर्यटन बोर्ड पोखरा स्पोर्टस् अवार्डको प्रवर्द्धक
डाइनामिक युथ लिडर दर्शन लोकप्रिय मतका साथ सचिवमा निर्वाचित
एमाले कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित, अधिकारीको प्यानल नै विजयी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग