कोरोनाको परीक्षण पोखरा, धरान र नेपालगञ्जमा पनि गर्ने निर्णय

कोरोनाको परीक्षण पोखरा, धरान र नेपालगञ्जमा पनि गर्ने निर्णय

pokhara-swasthya-bigyan-pratisthan

पोखरा । कोरोना भाइरस (कोभिड-१९) को अब पोखरा, धरान र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन लाग्नेछ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक परीक्षण सामाग्री र तालिमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ ।

त्यहाँ परीक्षण सुरु नहुँदासम्म विराटनगर र नेपालगञ्जबाट स्वाब संकलन गरी हवाईमार्गबाट काठमाडौं ल्याउने व्यवस्था स्वास्थ्य मन्त्रालयको समन्वयमा पर्यटन मन्त्रालयले मिलाउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ