कोभिड-१९: इटलीमा एकैदिन ७१२ र स्पेनमा ७१८ जनाको मृत्यु

कोभिड-१९: इटलीमा एकैदिन ७१२ र स्पेनमा ७१८ जनाको मृत्यु

COVID19

एजेन्सी । कोरोना भाइरसका कारण निम्तिएको कोभिड–१९ का कारण इटलीमा एकैदिन ७ सय १२ को मृत्यु भएको छ भने स्पेनमा ७ सय १८ जनाको मृत्यु भएको छ ।

इटलीमा ६ हजार २ सय ३ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ८० हजार पुगेको छ । तीमध्ये ३ हजार ६ सय १२ जनाको अवस्था गम्भीर छ । यद्यपि, १० हजार ३ सय ६१ जना निको भएका छन् ।

साथै, स्पेनमा एकैदिन ७ सय १८ को मृत्यु भएपछि यहाँ अहिलेसम्म ४ हजार ३ सय ६५ को मृत्यु भइसकेको छ ।

साथै, यहाँ ८ हजार २ सय ७१ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । तीमध्ये ३ हजार १ सय ६६ जनाको स्थिती गम्भीर छ । यहाँ ७ हजार १५ जना निको पनि भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds