गाउँ डुल्ने धर्मगुरुको कोरोनाका कारण मृत्यु, भारतमा हजारौं भक्तजन आतंकित

गाउँ डुल्ने धर्मगुरुको कोरोनाका कारण मृत्यु, भारतमा हजारौं भक्तजन आतंकित

1580895618_corona

एजेन्सी । उत्तरी भारतमा कोभिड–१९ कोरोना भाइरसका कारण सिख धर्मगुरुको मृत्यु भएपछि उनीसँग सम्पर्कमा रहेका कम्तिमा १५ हजार जनता उच्च सतर्कता अपनाइरहेका छन् । उनीहरु सबै अहिले कडा क्वारेन्टाइनमा छन् ।

७० वर्षका धर्मगुरु बलदेव सिंह इटली र जर्मनको भ्रमण गरेर फर्किएपछि क्वारेन्टाइन बस्नुको साटो पञ्चावका दर्जनौं गाउँ डुलेका थिए । कोरोना संक्रमणले उनको मृत्यु भएपछि स्थानीय झस्किएका छन् । प्रहरीले उनी डुलेका गाउँ पहिचान गरेर कडाई गर्न थालेपछि बल्ल घटना सार्वजनिक भएको हो । भारतमा २१ दिने लकडाउन सुरु हुनअघि नै ती गाउँमा लकडाउन गरिएको थियो, अहिले स्थानीय क्वारेन्टाइनमा बसेर उच्च सतर्कता अपनाइरहेका छन् ।

‘१८ मार्चमै पहिले १५ गाउँलाई सिल गरियो र हाम्रो बुझाईमा बन्द गरिएका यी गाउँमा १५ हजारदेखि २० हजार जनता छन्,’ स्वर्गीय बलदेव बस्ने गरेको बंगा जिल्लाका वरिष्ठ सरकारी अधिकारी गौरव जैनले भने , ‘अहिले यहाँ स्वास्थ टोली तयारी अवस्थामा छ ।’

यी धर्मगुरुसँग सम्पर्कमा रहेका १९ व्यक्तिमा संक्रमण देखिइसकेको स्थानीय प्रहरी विनय बब्लानीले बताए । त्यस्तै, २ सयभन्दा बढी व्यक्तिको परीक्षण नतिजा आउन बाँकी छ । यी गुरु र उनका दुई सहयोगीले युरोपबाट फर्किएपछि सेल्फ–आइशोलेसनमा बस्नुपर्ने नियम मानेका थिएनन् र सिंहको मृत्यु हुनअघिसम्म उनीहरु विभिन्न गाउँ परिक्रमा गरिरहेका थिए ।

यो घटनाले भारतलाई नै स्तब्ध बनाएको छ र क्यानडा बस्ने चर्चित पञ्जावी गायक सिद्धु मोसेवालाले सिंहबारे गीत नै बनाएका छन् । ‘मैले मृत्युको छायाँ जसरी गाउँ डुल्दै रोग फैलाएँ,’युट्युबमा भाइरल भइरहेको यो गीतले भन्छ । पञ्जावका प्रहरी प्रमुख दिन्कर गुप्ताले यो गीतलाई चेतावनीका रुपमा सुन्न स्थानीयलाई भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds