कोरोना संक्रमित जापानी हास्य अभिनेता केनको निधन

कोरोना संक्रमित जापानी हास्य अभिनेता केनको निधन

Ken Simura

टोकियो । कोरोनाभाइरसको संक्रमणबाट जापानका प्रख्यात हास्य अभिनेता केन शिमुराको निधन भएको छ । ७० वर्षीय केनको आइतबार साँझ निधन भएको जनाइएको छ ।

उनी जापानकै चर्चित हास्य अभिनेताका रुपमा चिनिन्थे । १९७० को दशकमा उनले अभिनय यात्रा थालेका थिए ।

२० मार्चमा उनलाई ज्वरो तथा निमोनियाको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । कोरोनाभाइरस परीक्षणको नतिजा ‘पोजेटिभ’ आएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिदैँ आएको थियो ।

जापानमा कोरोनाभाइरसबाट मृत्यु हुने उनी पहिलो सेलिब्रेटी हुन् ।
एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ