बाबा रामदेवले कोरोनाविरुद्ध लड्न गरे ४० करोड सहयोग

बाबा रामदेवले कोरोनाविरुद्ध लड्न गरे ४० करोड सहयोग

Ramdev

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणविरुद्ध लड्नका लागि भारतका कयौं उद्योगी व्यवसायी एकताबद्ध भएका छन् । यसैक्रममा योगगुरु बाबा रामदेवको पतन्जली आयुर्वेदले भारत सरकारले स्थापना गरेको ‘पीएम केयर फण्ड’ मा २५ करोड भारु (नेपाली ४० करोड) सहयोगको घोषणा गरेको छ ।

सोमबार बाबा रामदेवले भाइरसविरुद्ध लड्कालाई पतन्जलीले सो सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि यो फण्डमा दर्जनौ भारतीय उद्योगपतिहरुले दान दिइसकेका छन् । टाटा समूहले त अन्य उद्योगपतिको तुलनामा निकै धेरै अर्थात १५०० करोड भारु फण्डलाई दिने घोषणा गरिसकेको छ । पहिला ५०० करोड टाटा ट्रस्टमार्फत दिने घोषणा गरिएकोमा फेरि समूहले थप १००० करोड दिने घोषणा गरेको हो ।

यस्तै बलिउड अभिनेता अक्षय कुमारले पनि २५ करोड भारु दिने घोषणा गरेका छन् । भारतमा हालसम्म २९ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ भने यसबाट १ हजार ७१ जना प्रभावित भएका छन् ।
भारतमा कोरोना भाइरसको पहिलो केस जनवरी ३१ मा देखिएको थियो ।

भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ