एक लाख नाघ्यो इटालीमा कोरोना भाइरस संक्रमितको संख्या

एक लाख नाघ्यो इटालीमा कोरोना भाइरस संक्रमितको संख्या

italy corona

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या एक लाख नाघेको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीले सोमबार दिएको जानकारी अनुसार मुलुकमा यो भाइरसबाट संक्रमित हुनेको संख्या कम्तीमा एक लाख एक हजार सात सय ३९ पुगेको हो ।

यद्यपि, नयाँ संक्रमितको संख्यामा निरन्तर पाँचौं दिनमा समेत कमी आएको छ । सोमबार इटालीमा एक हजार छ सय ४८ नयाँ संक्रमित फेला परेका थिए ।

तर, मृत्यु हुनेको संख्या भने केही बढेको छ । सोमबार आइतबारको तुलनामा मृत्यु हुनेको संख्या आठ सय १२ ले बढेको हो ।

इटालीमा समग्र मृत्यु हुने मानिसको संख्या ११ हजार पाँच सय ९१ पुगेको छ । सिएनएनका अनुसार सोमबार इटालीमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै मानिस निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ९० जना मानिसहरु निको भएर घर फर्किएका छन् । यससँगै इटालीमा निको भएर घर फर्किने मानिसको संख्या पनि १४ हजार छ सय २० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ