कोरोनाको आशंकामा पोखरामा परीक्षण गरिएको ३ जनाको स्वाब नेगेटिभ

कोरोनाको आशंकामा पोखरामा परीक्षण गरिएको ३ जनाको स्वाब नेगेटिभ

COVID19

पोखरा । पोखरामा कोरोना भाइरसको आशंकामा गरिएको ३ जना बिरामीको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार पिसिआर मेसिन सञ्चालनमा ल्याएपछि ३ जना बिरामीको स्वाब जाँच गरिएकोमा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

मंगलबार स्वाब जाँच गर्न सुरु गरे पनि विभागमा पठाइ सकेपछि मात्रै बुधबार रिपोर्ट सार्वजनिक गरिएको उनले बताए ।

हिजो बेलुका ३ जना बिरामीको स्वाब जाँच गरिएकोमा तिनै जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

बुधबार भने स्वाब जाँच गर्नका लागि कोही पनि बिरामी नआएको उनले सुनाए । विभागले जाँच्ने रिपोर्ट र आफूहरुले जाँच गरेको रिपोर्टमा कुनै परक नभेटिएको उनले बताए ।

कोरोना जाँच गर्ने मेसिन हिजो मात्रै हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ